शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनटीसीका ग्राहकले पाउने सेयरको मूल्य आगामी असोजभित्र तय हुने, क-कसले पाउँछन् २२ प्रतिशत सेयर ?

आइतबार, २३ जेठ २०७८, १३ : ०४
आइतबार, २३ जेठ २०७८

सरकारले  नेपाल दुरसञ्चार कम्पनी र स्वामित्वको प्रतिफलमा सेवाग्राहीको पहुँच विस्तार गर्न २२ प्रतिशत सेयर दिने बजेट मार्फत घोषणा गरिसकेको छ । तर, सो व्यवस्था कहिलेबाट लागू हुन्छ  र ग्राहकले सो सेयरको मूल्य कति तिर्नुपर्छ भन्ने आम चासो बढ्न थालेको छ । 
उसो त नेपाल दुरसञ्चार कम्पनीले आफ्नो सेयर पहिलोपटक सर्वसाधारण लैजान थालेको भने होइन । नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी हो । यसको १५ करोड कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छ । पुन यसले प्राकृतिक व्यक्तिका लागि सेयर बेच्ने तयारी गरेको छ । 

आर्थिक वर्ष २०७८/०७९ को बजेटले नै कम्पनीको मोवाइल, ल्याण्ड लाइन र इन्टरनेट सेवा प्रयोग गर्ने प्राकृतिक व्यक्तिलाई २२ प्रतिशत सेयर दिने घोषणा गरेको छ । यस्तो सेयर कम्पनीको हालसम्म रहेका उपभोक्ता तथा आगामी पुस मसान्तसम्म थपिएका ग्राहकले समेत सेयर खरिद गर्न सक्नेछन् । 

कम्पनीले सेयर बिक्री गर्ने सबै प्रक्रिया आगामी असोज मसान्त भित्रमा सकिसक्ने जनाएको छ । साथै सेयर मूल्यको विवरण पनि असोज मसान्तभित्र तय हुने कम्पनीले जनाएको छ । नेपाल टेलिकमको अहिले सेयर मूल्य साढे १२ सयको हाराहारीमा छ । नेपाल टेलिकम सरकारलाई बढी लाभांश दिने सार्वजनिक संस्थानमा पर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप