देखिन छाड्यो निकुञ्जमा बाह्रसिंगे
चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा राखिएको बाह्रसिंगे अहिले देखिन छाडेको छ । गत असोजदेखि खुल्ला खोरमा देखिन छाडेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्नासँगै रहेको बाह्रसिंगे खुल्ला खोरमा नभेटिएको हो । उनले भने, “गत असोजदेखि खोरभित्र देखिएको छैन ।” कतै झाडिमा लुकेको, बाघले खाएको वा खोर बाहिर भागेको भन्ने बारे एकिन हुन नसकेको उनको भनाई छ ।
वि.सं. २०७४ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सात बाह्रसिंगे स्थानान्तरण गरी यहाँ ल्याइएको थियो । ती मध्ये पाँच पोथी र दुई भाले रहेका थिए । ती मध्ये दुई पोथी ल्याउने वित्तिकै मरेका थिए । अन्य पाँच मध्ये चार विभिन्न कारणले मरिसकेका छन् । अर्नासँगै रहेको एउटा मात्रै बाह्रसिंगे पनि लामो समयदेखि देखिन छाडेको हो ।
तत्कालिन अवस्थामा कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा ५ भाले सहित २५ बाह्रसिंगे ल्याउने योजना थियो । यहाँ ल्याए लगत्तै बाह्रसिंगे मरेपछि थप ल्यााउने काम रोकिएको थियो । निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर निर्माण गरी अर्ना र बाह्रसिंगे राखिएको छ ।
सरकारले प्रजाती संरक्षण र विस्तारका लागि वन्यजन्तु स्थानान्तरण गर्दै आएको छ । यहाँ कोशीबाट अर्ना ल्याइएको छ भने यहाँका एकसिंगे गैंडा बर्दिया र शुक्लाफाँटा स्नानान्तरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका कर्मचारीलाई ६ महिना कैद
-
मधेस सरकारको कामकाज भाषाको प्रस्तावप्रति आपत्ति
-
सिमेन्ट महँगो भएर निर्माण कार्य गर्नै नसक्ने अवस्था आएको छ : सांसद श्रेष्ठ
-
रावलको पक्षमा लाग्ने अछामका ६ जना एमाले नेताको जिम्मेवारी खोसियो
-
गृहमन्त्री लेखक र एडीबी निर्देशकबिच भेटवार्ता
-
गजेन्द्रनारायण सिंहको विचार र कार्यदिशा अहिले कसले बोकेको छ ?