शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

३२ वर्षीया नेहाको प्रेम, 'ब्रेकअप'  र विवाह

आइतबार, २३ जेठ २०७८, १२ : ३९
आइतबार, २३ जेठ २०७८

मुम्बई । बलिउडकी चर्चित गायिका नेहा कक्कडले आज आफ्नो ३२ औं जन्मदिन मनाउदैछिन् । ६ जुन १९८८को ऋषिकेशमा उनको जन्म भएको थियो ।

उनको परिवार निकै गरिब रहेका थिए । उनका बुबा सोनु कक्कड स्कुल बाहिर समोसा बेच्थे । यसै कारणले नेहाँको बहिनीलाई उनका कक्षाका साथीले जिस्क्याउँथे । यो सबै देखेर नेहा सानैदेखि केही ठुलो काम गर्ने इच्छा राख्दथिइन् ।

४ बर्षदेखि गायन
नेहाले बाबुआमाको सहयोगका लागि ४ बर्षको उमेरदेखि गाउन थालेकी हुन् । सो समय उनी धार्मिक उत्सवमा गाउँथिन् । त्यतिबेला उनको आम्दानी ५०० रुपैयाँसम्म हुने गर्दथ्यो । त्यसपछि उनले गायन रियालिटी शो ‘इन्डियन आइडल २’मा भाग लिए पनि बाहिरिएकी थिइन् । उनको गायनबाट अहिले सबै प्रभावित छन् । तर उनले गायनको केही पनि ट्रेनिङ लिएकी छैनन् ।

२००८ मा नेहाको डेब्यु एल्बम ‘नेहा द रकस्टार’ सार्वजनिक भएको थियो । जसमा संगीत मीत ब्रदर्सले दिएका थिए । एल्बममा नेहाले कयौ रोमान्टिक गीत गाएकी थिइन् । उनले बलिउडमा भने फिल्म ‘मीराबाई नट आउट’बाट पहिला राखेकी थिइन् । यसमा उनको कोरस गायन रहेको थियो । त्यसपछि उनले ‘यारियां’, ‘क्वीन’, ‘गब्बर इज ब्याक’,‘ सनम रे’ लगायत हिट फिल्ममा गाइन् र निकै चर्चित भइन् ।

महँगो गायिका
नेहाले संसारभर गरेर एक हजार म्युजिक कन्सर्ट गरिसकेकी छन् । उनी एक बलिउड गीतका लागि करिब ८ लाख रुपैयाँ​ लिन्छिन् । उनी महँगो गायक गायिकामा पर्छिन् । 

हिमांशसँग ब्रेक अप
२०१८ मा बलिउड अभिनेता हिमांश कोहलीसँगको ब्रेकअपका कारणले नेहा चर्चामा छाएकी थिइन् । दुवै केही बर्षदेखि एक अर्काको डेटमा रहेका थिए ।

गत बर्ष गायन रियालटी शो ‘इन्डियन आइडल’को दौरानमा शोका होस्ट आदित्य नारायणसँगको उनको जोडी निकै रुचाइएको थियो । सोका कारणले दुबैको बिवाहको हल्ला समेत फैलियो । तर अक्टुबर २०२० मा उनले गायक रोहन प्रीत सिंहसँग विवाह गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप