शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नाइजेरियामा ट्वीटर प्रतिबन्धित, अटेर गर्नेमाथि मुद्दा चल्ने

आइतबार, २३ जेठ २०७८, ११ : ४९
आइतबार, २३ जेठ २०७८

नाइजेरियाले सामाजिक सञ्जाल ट्वीटरमाथि अस्थायी प्रतिबन्ध लगाएको छ । शुक्रबार उसले देशमा ट्वीटरको सेवा निलम्बन गर्ने घोषणा गरेको थियो । 

मोबाइल फोन नेटवर्कहरुले ट्वीटर ब्लक गरिसकेका छन् । तर, पनि प्रतिबन्धका बाबजुद केही प्रयोगकर्ताहरूले यसको प्रयोग गरेका छन् । 

अटेर गर्दै ट्वीट चलाइएको पाइएमा मुद्दा चलाइने सरकारका प्रवक्ताले जनाएका छन् । यसअघि ट्वीटरले आफ्नो साइटको नियम विपरीत भएको भन्दै  नाइजेरियाका राष्ट्रपति मुहम्माडु बुहारीको ट्वीट डिलिट गरेको थियो । त्यसयता, नाइजेरिया सरकाले पनि कडा कदम चालेको हो । 

तर,ट्वीटरमाथि अस्थायी प्रतिबन्ध लाग्नुको कारण योमात्र भने होइन । ट्वीटरमार्फत गलत सुचना र फेक न्युज फैलिएकाले समस्या सिर्जना भएको सरकारले जनाएको छ । शुक्रबार सूचनामन्त्री  लाई मोहम्मदले गरेको घोषणा चिन्ताजनक रहेको ट्वीटरले जनाएको छ । 

मानवअधिकार वादी समूह र अन्तर्राष्ट्रिय शक्तिहरुले पनि सरकारको यस कदमको विरोध गरेका छन् । यसले स्वतन्त्र व्यक्तिलाई सिमित गर्ने उनीहरुको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप