शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेता दिलिप कुमारको स्वास्थ्य बिग्रियो, अस्पताल भर्ना

आइतबार, २३ जेठ २०७८, ११ : ११
आइतबार, २३ जेठ २०७८

भारतका दिग्गज अभिनेता दिलिप कुमार (९८) को आइतबार अचानक स्वास्थ्य खराब भयो । उनलाई पछिल्लो केही दिनदेखि सास फेर्न गाह्रो भइरहेको थियो । उनको घरमा नै उपचार भइरहेको थियो । आइतबार स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको छ । हाल उनको डाक्टरको निगरानीमा उपचार भइरहेको छ ।

दिलिप कुमारका आफन्त बशिर कोलोम्बोवालले बीबीसी हिन्दीसँगको कुराकानीमा उनलाई आइतबार बिहान साढे ८ बजे हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो ।

उनले भने, ‘उनलाई सास फेर्न गाह्रो भइरहेको थियो त्यसैले उनलाई अस्पताल लिएर गयौं । हाल चिन्ता गर्नुपर्ने स्थिति छैन । तर उनको उमेर धेरै भएका कारण हामी कुनै खतरा लिन चाहँदैनथ्यौं त्यसैले उनलाई अस्पताल भर्ना गरिएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप