शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा एक युवकको हत्या

आइतबार, २३ जेठ २०७८, ११ : ०४
आइतबार, २३ जेठ २०७८

धारिलो हतियार प्रयोग गरि रुपन्देहीमा एक युवकको हत्या भएको छ । जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका मनौरा निवासी अन्दाजी ३५ बर्षीय महेन्द्र यादवको शनिवार राति हत्या भएको हो ।
तीन सन्तानका बाबु रहेका यादवलाई घरभन्दा एक  किलोमिटर पश्चिम नाला नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला पारिएको इप्रका लुम्बिनीका प्रहरी निरीक्षक रविन्द्र महतले जानकारी गराए ।
मृतकलाई भीम अस्पताल भैरहवामा पोष्टमार्टम गराई आवश्यक अनुसन्धान भईरहेको महतले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप