बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेविसंघद्वारा पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता लिन माग

आइतबार, २३ जेठ २०७८, १० : ३३
आइतबार, २३ जेठ २०७८

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पेट्रोलियम पदार्थमा गरेको  मूल्यवृद्धिप्रति विरोध जनाएको छ । नेविसंघ महामन्त्री बलदेव तिमल्सिना कोभिड १९ को आहतका बेला राहत दिनुपर्नेमा ओली सरकार जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको बताए ।

नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागु हुने गरी  पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले वृद्धि गरेको थियो । नेविसंघले सरकारलाई उक्त मुल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ ।

'महामारीमा उपभोक्तालाई उपहार  स्वरुप भ्रष्ट केपी सरकारले पेट्रोलियम पदार्थमा गरेको  मूल्यवृद्धि प्रति घोर भर्त्सना गर्दछु। नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा शनिबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई दुई रुपैयाँ मूल्यवृद्धि गर्दै  पेट्रोल १२५, डिजल र मट्टितेल १०८ तथा हवाई इन्धन प्रतिलिटर ८० रूपैयाँ कायम भएबाट पुनःसबै क्षेत्रमा चर्को मुल्यबृद्धी हुने निश्चित छ,' विज्ञप्तिमा भनिएको छ । 

निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते भएको मुल्यबिृद्धमाथि फेरि तत्काल बृद्धि गरीआपूर्ति मन्त्रालय  प्रधानमन्त्रीको जिम्मामा आएको दोस्रो दिनमा नै उपभोक्तालाई प्राप्त पहिलो उपहार भएको उनले  बताए । 

तिमल्सिना भने,'स्वचालित मूल्य प्रणाली हवाला दिइए पनि कालो बजारी र चुहावट नियन्त्रण,संकट र महामारीका  समयमा प्रयोग गर्न मिल्ने मुल्य स्थिरिकरण कोषमा संचित रकमको उपयोग,अनावश्यक कर हरुको शीर्षक कटौतीतर्फ नेपाल आयल निगमले कुनै पहल नै नगरी निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते भएको मुल्यबृद्धी माथी फेरि तत्काल बृद्धि गर्नु आपूर्ति मन्त्रालय  प्रधानमन्त्रीको जिम्मामा आएको दोस्रो दिन मा नै उपभोक्ता लाई प्राप्त पहिलो उपहार हो।'

उनले अत्यावश्यकीय वस्तुमाथि पटकपटक गरिएको मुल्य वृद्धिले उपभोक्ताले चरम पिडा खेप्नुपरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप