मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन, विश्वम्भर र हरिकृष्ण छुटे

आइतबार, २३ जेठ २०७८, १० : १९
आइतबार, २३ जेठ २०७८

प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा आइतबार सुनुवाइ हुँदै छ । यसका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् ।  इजलासमा राणासहित दीपककुमार कार्की, मीरा खडका, ईश्वरप्रसाद खतिवडा र  आनन्दमोहन भट्टराई रहेका छन् ।

संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको निष्पक्षतामाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि जेठ १८ मा आइतबार सुनुवाई हुनेगरी इजलास स्थगित गरिएको थियो ।

विश्वम्भर र हरिकृष्ण छुटे

बरिष्ठताका आधारमा इजलास गठन गर्दा विश्वम्भर श्रेष्ठ र हरिकृष्ण कार्की भने छुटेका छन् ।

विश्वम्भर स्वास्थ्यका कारणले छुटेको स्रोतले बताएको छ । उनी पुस ५ मा संसद विघटन भएका बेला संवैधानिक इजलासमा सहभागी थिए ।

त्यस्तै बरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा बस्न अस्वीकार गरेका छन् । अघिल्लो संसद विघटनका बेलामा पनि स्वार्थ बाझिने भन्दै विरोध भएपछि कार्की आफैं पछि हटेका थिए ।

वरिष्ठताका रहेका श्रेष्ठ र कार्की इजलासमा नपरेपछि त्योभन्दा मुनिको वरियतामा रहेका ईश्वर खतिवडा र डा. आनन्दमोहन भट्टराई  संवैधानिक इजलासमा छानिएका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप