शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मापदण्ड विपरीत स्यानिटाइजर उत्पादन गर्ने पक्राउ

शनिबार, २२ जेठ २०७८, २३ : ०६
शनिबार, २२ जेठ २०७८

प्रहरीले मापदण्डविपरीत ह्यान्ड स्यानिटाइजर उत्पादन तथा बिक्रीवितरण गरेका अभियोगमा ओम निरमाया हेल्थ केयर प्रालि ललितपुरका दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा उक्त संस्थाका सञ्चालकद्वय ललितपुर महालक्ष्मी नगरपालिकाका ४३ वर्षीय निरेश थापा र सोही ठाउँ बस्ने मोरङ विराटनगर उपमहानगरपालिका–१४ का ४४ वर्षीय अमित ताम्राकार रहेका छन् । उनीहरुको साथबाट मापदण्डविपरीत उत्पादन गरेको २४० लिटर ह्याण्ड स्यानिटाइजर समेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त हेल्थ केयरबाट मापदण्ड विपरित सञ्जिवनी लिक्विड इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर उत्पादन गरी बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई स्यानिटाइजरसहित पक्राउ गरेको हो ।  उनीहरू उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच आज विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने दुई हजार ५३३ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा चालकलाई सचेत गराएर छाडिएको छ । 

साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम यूनिकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५४४ जनालाई निःशुल्क मास्क वितरण गरेको जनाएको छ ।  निषेधाज्ञा उल्लङ्घन गर्ने ६४ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम  रु ६० हजार ८०० जरिवाना गरिएको छ । ­­­

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप