बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

श्रीलंकामा भारी वर्षा , ४ जनाको मृत्यु, सुरक्षित रहन आह्वान

शनिबार, २२ जेठ २०७८, २२ : ४९
शनिबार, २२ जेठ २०७८

एजेन्सी । श्रीलंकामा गए रातिदेखि आएको भारी वर्षा र हावा हुरीका कारण शनिबार बिहान सम्ममा कम्तीमा पनि चार जनाको ज्यान गएको छ । साथै सो हुरीमा परी सात जना नागरिक हराइरहेका छन् । अहिले पनि वर्षा जारी छ भने हावाहुरी पनि चलिरहेको छ । 

श्रीलंकाको मौसम विभागले नागरिकहरुलाई सुरक्षित रहन सूचना जारी गरेको छ । वर्षा र हुरी अरु केही समय कायमै रहने हुनाले घरमै सुरक्षित भएर बस्न सो सूचनामा भनिएको छ । शनिबार यहाँको विपद् व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार यहाँका कम्तीमा पाँच हजार जनालाई अन्यत्रै सुरक्षित स्थलमा लगिएको छ भने यहाँको सेनाले उद्धारको कामलाई निरन्तरता दिइरहेको छ । 

श्रीलंकाका प्राय सबै जिल्ला वर्षा र हुरीबाट प्रभावित भएका छन् । शनिबार  बिहानसम्ममा यहाँका १ लाख ७८ हजार जना नागरिक नराम्ररी प्रभावित भएका छन् । हुरी र वर्षाका कारण यहाँका कम्तीमा पनि ६५ ओटा घर भत्किएका छन् भने अरु भौतिक संरचनाहरुमा पनि ठूलो क्षति पुगेको छ । 

यहाँका कैयौँ जिल्लामा बाढी आएको छ । बाढीले गर्दा उद्धारका लागि यातायातका साधनहरु लैजान पनि समस्या भएको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।  –सिन्ह्वा 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप