श्रीलंकामा भारी वर्षा , ४ जनाको मृत्यु, सुरक्षित रहन आह्वान
![श्रीलंकामा भारी वर्षा , ४ जनाको मृत्यु, सुरक्षित रहन आह्वान](https://rpcdn.ratopati.com/media/albums/shrilanka_21rq3FepDC.jpg)
एजेन्सी । श्रीलंकामा गए रातिदेखि आएको भारी वर्षा र हावा हुरीका कारण शनिबार बिहान सम्ममा कम्तीमा पनि चार जनाको ज्यान गएको छ । साथै सो हुरीमा परी सात जना नागरिक हराइरहेका छन् । अहिले पनि वर्षा जारी छ भने हावाहुरी पनि चलिरहेको छ ।
श्रीलंकाको मौसम विभागले नागरिकहरुलाई सुरक्षित रहन सूचना जारी गरेको छ । वर्षा र हुरी अरु केही समय कायमै रहने हुनाले घरमै सुरक्षित भएर बस्न सो सूचनामा भनिएको छ । शनिबार यहाँको विपद् व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार यहाँका कम्तीमा पाँच हजार जनालाई अन्यत्रै सुरक्षित स्थलमा लगिएको छ भने यहाँको सेनाले उद्धारको कामलाई निरन्तरता दिइरहेको छ ।
श्रीलंकाका प्राय सबै जिल्ला वर्षा र हुरीबाट प्रभावित भएका छन् । शनिबार बिहानसम्ममा यहाँका १ लाख ७८ हजार जना नागरिक नराम्ररी प्रभावित भएका छन् । हुरी र वर्षाका कारण यहाँका कम्तीमा पनि ६५ ओटा घर भत्किएका छन् भने अरु भौतिक संरचनाहरुमा पनि ठूलो क्षति पुगेको छ ।
यहाँका कैयौँ जिल्लामा बाढी आएको छ । बाढीले गर्दा उद्धारका लागि यातायातका साधनहरु लैजान पनि समस्या भएको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी