राजेन्द्र महतोलाई गोकुल बास्कोटाको जवाफ : नेपाल बहुराष्ट्रहरुको योगफल होइन

पूर्वमन्त्री तथा एमालेका नेता गोकुल बास्कोटाले नेपाल बहुभाषिक,बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक राज्य भएको बताएका छन् । उनले नेपाल बहुराष्ट्रहरुको योगफल नभएको र जन्मजात एक सार्वभौम राज्य भएको समेत सामाजिक सञ्जालमार्फत बताएका छन् ।
उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने अभिव्यक्ति दिएपछि त्यसको जवाफमा बास्कोटाले कसैको बुझाइमा भ्रम छ भने त्यो उसको राज्यको उत्पति र विकास सम्बन्धी ज्ञान र दृष्टिकोणको समस्या भएको बताएका छन् ।
उनले ट्वीटरमा भनेका छन्, ‘नेपाल बहुभाषिक,बहुजातीय,बहुधार्मिक, बहुसांस्कृतिक राज्य हो । बहुराष्ट्रहरुको योगफल होइन । जन्मजात एक सार्वभौम राज्य हो । कसैको बुझाइमा भ्रम छ भने त्यो उसको राज्यको उत्पति र विकाससम्बन्धी ज्ञान र दृष्टिकोणको समस्या हो, नेपाल राज्यको र जनताको बुझाईको समस्या होइन।’
महतोले शुक्रबार शपथलगत्तै रातोपाटीसँगको अन्तरवार्तामा नेपाललाई बहुराष्ट्रिय मुलुक बनाउनतिर लाग्ने बताएपछि त्यसको चौतर्फी आलोचना हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा
-
राप्तीमा गोहीको गुँड खोज्दै चितवन राष्ट्रिय निकुञ्ज
-
पत्रकार हत्याको विरोधमा सडकमा उत्रियो महासंघ
-
एकीकृत समाजवादीको पार्टी कार्यालय अनुगमन गर्न पुगे मोर्चाका नेता
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
ज्ञानेन्द्रलाई समेत नजरबन्द वा पक्राउ गर्न खोजिएको भन्दै सुवेदीले निकाले यस्तो विज्ञप्ति