शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिरहामा युवकमाथि गोली प्रहार

शनिबार, २२ जेठ २०७८, २१ : १८
शनिबार, २२ जेठ २०७८

मिर्चैयामा एकजना पुरुषमाथि गोली प्रहार भएको छ । मिर्चैया नगरपालिका ५ स्थित स्थानीय रामसागर साफीमाथि गोली प्रहार भएको हो ।

 अज्ञात समूहले साफीलाई गोली हानेको प्रहरीले जनाएको छ । अज्ञात समूहले चलाएको गोलीमध्ये एक गोली उनको हातमा लागेको र एक गोली तिघ्रामा लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जनाए ।

घाइते साफीको मिर्चैयामा उपचार भइरहेको छ । गोली चलाउने समूहको खोजीकार्य भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप