जसले मन्त्रीको ‘अफर’ अस्वीकार गरे

हृदयश त्रिपाठी संयोजक रहेको स्वतन्त्र राजनीतिक समूहबाट एमालेको चुनाव चिन्हमा चुनाव जितेका वृजेश गुप्तालाई प्रधानमन्त्री केपी शर्मा अोलीले मन्त्री बन्नका लागि पटक पटक आग्रह गरेपनि उनले अस्वीकार गरेको पाइएको छ ।
हिजो जसपा नेपालका मन्त्रीहरु सपथ खान तयार भइरहेको बेला प्रधानमन्त्री अोलीले वृजेश गुप्तालाई फोन गरी सरकारमा सहभागी हुन आग्रह गरेका थिए । तर उनले बन्न अस्वीकार गरेका हुन् ।
उनले भने, हिजो मात्र होइन, पहिला पनि मलाई प्रधानमन्त्री अोलीले सरकारमा आउन आग्रह गर्नुभएको थियो । तर मलाई सरकारमा सहभागी हुने कहिले इच्छा नै आएन । अहिले आएर त झन प्रतिनिधिसभा विघटन भएकाले म सांसद छैन त्यही भएर नैतिकताको हिसाबले म मन्त्री बन्न चाहिनँ ।’
समूहका संयोजक ह्रदयश त्रिपाठीले पनि गुप्तालाई मन्त्री पद दिन खोज्दा उनले अस्वीकार गरेको साक्षी आफू रहेको बताएका छन् । उनले अद्भुत र उच्च नैतिकता गुप्तामा भएको भन्दै फेसबुकमार्फत सलाम पनि गरेका छन् ।
सत्ताकै खिचातानीले नेकपा विभाजन भयो । एमाले पार्टीमा विभाजनको स्पष्ट घेरा छ भने जसपा नेपाल पनि विभाजनको संघारमा पुगेको छ । सत्ताको लागि यतिसम्म खिचातानी हुँदा गुप्ताले भने मन्त्री बन्ने इच्छा नदेखाएका हुन् ।
तमलोपा पार्टी अस्तित्वमा रहँदा एकपटक कानुन मन्त्री भएका गुप्ता त्यसपछि मन्त्री बनेका छैनन् । उनले कपिलवस्तु क्षेत्र नम्बर २ बाट चुनाव जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैलाई मिलाएर कांग्रेस महाधिवेशन हुन्छ : नेता सिंह
-
देश विकास गर्न छिमेकी राष्ट्रको प्रविधि उपयोग गर्न विज्ञहरूको सुझाव
-
चापाकोटमा चार सय रोपनीमा सामूहिक आलुखेती
-
मोती शोभा श्रेष्ठका चार कृति सार्वजनिक
-
पाथीभरा केबलकार विवाद : समाचार सम्प्रेषण गर्दा आचारसंहिता पालना गर्न महासंघको आग्रह
-
रवि लामिछानेले सहकारीको रकम ठगेका छन्, सजाय हुनुपर्छ : शेखर कोइराला