सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

‘उपप्रधानमन्त्री महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल’

शनिबार, २२ जेठ २०७८, १७ : ३४
शनिबार, २२ जेठ २०७८

शुक्रबार मात्रै उपप्रधानमन्त्री नियुक्त भएका राजेन्द्र महतोले पदभार ग्रहण गर्दै गर्दा दिएको अभिव्यक्ति प्रति नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले  विरोध जनाएका छन् । 
नेता कँडेलले महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि  राष्ट्रिय मुक्ति  आन्दोलनको तयारी गर्ने’  भनि दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल भएको कँडेलले बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कँडेलले शनिबार विरोध जनाएका हुन् । 
उनले भनेका छन्,‘ जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक  र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।’ कँडेल प्रधानमन्त्री केपी ओली निकटका नेता हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप