सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

भारतबाट नेपाली सेनाले भित्र्यायो स्वास्थ्य सामग्री र ६ वटा एम्बुलेन्स

शनिबार, २२ जेठ २०७८, १६ : ५६
शनिबार, २२ जेठ २०७८

शनिवार रुपन्देहीको बेलिया नाका हुँदै नेपाली सेनाले  २५ वटा ट्रकमा भारतबाट कोभिड विरुद्धको स्वास्थ्य सामग्री नेपाल भित्र्याएको छ ।   शुक्रबार ती स्वास्थ्य सामग्री  लिन नेपाली सेनाका  ट्रकहरु भारत तर्फ लगिएको थियो ।

ट्रकहरूमा कोभिड सम्वन्धि अपरेटिङ्ग हेटलाईट , अटो रिफ्रेक्ट मिटर , बि–प्याड मेसिन, एबीजी मेशिन , ल्याब माईक्रोस्कोप , लाईट क्युरिङ कार्डलेस , आईसियु भेन्टिलेटर , म्यानुअल स्प्रेयर , भाईरस ट्रान्सपोर्ट मिडिया विथ स्वाब, आरडिटी एन्टिजेन किट , एन ९५  मास्क , पिपिई लगायतका सामग्री  ल्याईएको नेपाली सेनाले  जनाएको छ ।

   त्यस्तै भारतले ६ वटा एम्बुलेन्स समेत नेपाली सेनालाई सहयोग पठाएको छ  ।   नेपाली सेना र भारतिय सेना बिचको आपसी सम्बन्धबाट सहयोग  आदन प्रदानको नियमित  प्रकृया अन्तरगत उक्त  स्वास्थ्य सामग्री आएको र  भारतिय सेनाले नेपाली सेनालाई ६ वटा एम्बुलेन्स समेत पठाएको नेपाली सेनाका प्रवक्ता सहायक  रथी सन्तोष बल्लभ पौड्यालले जानकारी दिए ।

सेनाका ती सामग्री शनिवार  रुपन्देही भित्रिएको र त्यहाँबाट काठमाडौं पठाउने जानकारी आफूले पाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप