सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतमा फेरि बढ्यो संक्रमण, तेस्रो लहरको खतरा

शनिबार, २२ जेठ २०७८, १६ : ०७
शनिबार, २२ जेठ २०७८

बेलायतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहरको खतरा माडारिन थालेको छ । शुक्रबार सार्वजनिक आँकडाअनुसार यहाँ पछिल्लो २४ घण्टामा ६ हजार २ सय ३८ जनामा संक्रमण पुष्टि भयो र ११ जनाको मृत्यु भयो । बेलायतमा दुई महिनापछि पहिलोपटक संक्रमितको संख्या ६ हजार नाघेको हो । 

यसअघि पछिल्लोपटक २५ मार्चमा ६ हजार १ सय १८ संक्रमित भेटिएका थिए । विज्ञहरुलाई कोरानो डेल्टा भेरिएन्ट भेटिएको हुनसक्ने चिन्ता छ । यो भेरिएन्ट सबैभन्दो पहिले भारतमा भेटिएको थियो । भारतमा संक्रमितको संख्या ह्वात्तै बढ्नुमा यही भेरिएन्ट कारक रहेको बताइएको छ । 

बेलायतमा मेइ महिनाको अन्तिम सातादेखि संक्रमण बढ्न थालेको थियो । यहाँ मेईको सुरुवातमा दैनिक २ हजारमा संक्रमण देखिएको थियो । यो संख्या बढेर २८ मेइमा ४ हजार नाघ्यो । त्यसपछि केही दिन संक्रमितको संख्या घटेको थियो । तर जून लागेसँगै ५ हजार नाघ्यो र अहिले ६ हजार नाघेको छ । 


दैनिक संक्रमण भारतमा धेरै 
पछिल्ला दिनमा दैनिक सर्वाधिक धेरै संक्रमण भारतमा देखिएको छ । यहाँ शुक्रबार सार्वजनिक आँकडाअनुसार २४ घण्टामा १ लाख २१ हजारमा कोरोना संक्रमण देखियो । त्यसमध्ये ३ हजार ३ सय ८२ जनाको मृत्यु भयो । त्यसैगरी ब्राजिलमा ३८ हजार ४ सय ८२ जनामा संक्रमण देखियो र १ हजार १ सय ८४ जनाको मृत्यु भयो । 

विश्वमा अहिलेसम्म १७ करोड ३३ लाख जनसंख्या कोरोनाबाट संक्रमित भइसकेको छ । यसमध्ये ३७ लाखभन्दा धेरै मानिसको ज्यान गइसकेको छ । त्यस्तै १५ करोड ६० लाखले कोरोना जितिसकेका छन् । १ करोड ३५ लाख अझै उपचारका क्रममा छन् । उनीहरुमध्ये १ करोड ३४ लाख सामान्य र ८८ हजार १ सय ७३ जना गम्भिर अवस्थामा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप