मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चाले मास्क लगाउन आनेकानी गरे यसरी सम्झाउनुस्

शनिबार, २२ जेठ २०७८, १५ : ४७
शनिबार, २२ जेठ २०७८

कोरोना संक्रमणबाट बच्नका लागि मास्क लगाउन जरुरी छ । ठूला मानिसहरुले त मास्क लगाउँछन्, तर कतिपयले आफ्ना बच्चालाई मास्क लगाइदिँदैनन् । कतिपय बच्चाहरु मास्क लगाउन रुची देखाउँदैनन् वा लगाइहाले पनि उतारिहाल्छन् । तर, बच्चालाई मास्क लगाइदिन जरुरी छ । यसको महत्वबारे बुझाउन जरुरी छ । 
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) का अनुसार २ वर्षभन्दा माथिका बच्चाले बाहिर निस्कँदा, सामाजिक दूरी कायम गर्न नसकिने स्थानमा मास्क लगाउनुपर्छ । 

बच्चालाई सम्झाउनुस् मास्कको महत्व
मास्क लगाउन किन जरुरी छ भनेर बच्चालाई सम्झाउनुस् । मास्क लगाउँदा कोरोना र किटाणुहरुबाट सुरक्षित भइन्छ भनेर उनीहरुलाई बुझाउनुस् । बारम्बार बच्चालाई यी कुराहरु सम्झाउनुस् । जसकारण, उसले मास्क लगाओस् । बच्चाले सोधेका सबै सवालहरूको जवाफ पनि उनीहरुलाई दिनुहोस् । मास्क लगाउन किन जरुरी छ भनेर उनीहरुलाई कार्टुन वा चित्रमार्फत सम्झाउनुस् । 

कलरफुल मास्क 
बच्चाहरुलाई कार्टुनका पात्र निकै मनपर्छ । तपाईहरुले उनीहरुलाई मनपर्ने कार्टुनका पात्रको चित्र अंकित मास्क किनिदिनुभयो भने बच्चाले आफ्नै खुसीले मास्क लगाउँछन् ।

आफू पनि मास्क लगाउनुस् 
बच्चाले प्राय ठूलाको सिको गर्छन् । त्यसकारण अभिभावकले पनि मास्क लगाउने हो भने बच्चाहरु पनि त्यसैको नक्कल गर्न थाल्छन् । यसका लागि तपाईले  सार्वजनिक स्थलमा मास्क लगाउनुपर्छ, बच्चालाई मास्क लगाउन जर्बजस्ती गर्नुको साटो बरु उनीहरुलाई सम्झाई–बुझाई गरेर मास्क लगाउन सिकाउनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप