सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

चुरे दोहन र वातावरण विनासविरुद्ध सत्याग्रह थाल्ने चेतावनी

शनिबार, २२ जेठ २०७८, १४ : ३७
शनिबार, २२ जेठ २०७८

चुरेको अत्यधिक दोहन र वातावरण विनास विरुद्ध शान्ति समाजले सत्याग्रह थाल्ने भएको छ । शनिबार शान्ति समाजद्वारा रुपन्देहीको वुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) बुटवलको परिसरमा आयोजित वृक्षारोपण कार्यक्रममा शान्ति समाजका सभापति गोविन्द खनालले शान्ति समाजले सत्याग्रह आन्दोलन सुरु बताए । 

चुरे ध्वस्त गर्ने गरी सरकारले गरेको ढुंगा गिटी निकासीको निर्णय नसच्याए यस्तो कदम चाल्न बाध्य हुने उनले बताए । 
समाजले जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल व्यालेन्स)मा जोड दिँदै हिमालय वचाउ आन्दोलन सञ्चालन गरिरहेको उनले बताए । सरकारको नयाँ नीतिले गंगा उत्तरको मैदानी इलाका मरुभुमीकरण हुने खतरा रहेको पनि उनले बताए । 

६ जिल्लामा वृक्षारोपण 
विश्व वातावरण दिवस ५ जुनको अवसर पारेर मानव अधिकार तथा शान्ति समाजको अगुवाईमा ६ जिल्लामा वृक्षारोपण गरिएको छ । शनिबार बिहान आँप, रुद्राक्ष, अमला, वेल, धुपिसल्लो, कल्पिफुल लगाएत १ सय भन्दा बढी संख्यामा बृक्षारोपण गरिएको समाजले जनाएको छ । जसअन्तर्गत शनिबारै काठमाडौंको गोठाटार, खुर्सानीबारीस्थित असहाय गाईबाच्छा संरक्षण स्थलको डाँडामा समाजका सल्लाहकार उत्तम पुडासैनी, महासचिव रामकृष्ण बराल, गोकर्णेश्वर नगरपालिकाका मेयर, उपमेयरसहित जनप्रतिनिधिहरु र अधिकारकर्मीहरुले  काइयो, ज्याकारान्डा, कपुर, पारिजात, पिपल लगायतका ५० वटा विरुवा रोपेका छन् ।

त्यसैगरी, शान्ति समाज दाङ, पर्सा, कपिलवस्तु र चितवन शाखाले पनि वृक्षारोपण कार्यक्रम आयोजना गरेका छन् । सन् १९७२ मा संयुक्त राष्ट्रसंघको सम्मेलनले घोषणा गरी प्रत्येक वर्ष ५ जुनका दिन वातावरण संरक्षण तथा सचेतनामा मनाउने निर्णय गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप