बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

झापा ट्राफिकले उठायो सवा तीन करोड बढी राजश्व

शनिबार, २२ जेठ २०७८, १४ : २०
शनिबार, २२ जेठ २०७८

 जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवा तीन करोड बढी राजश्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक बर्षको बैशाख मसान्त सम्ममा सो रकम संकलन गरेको हो । 

ट्राफिक कार्यालयले यस आर्थिक बर्षको १० महिनाको अवधिमा ३ करोड २८ लाख ४१ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने ४६ हजार ९ सय वटा सवारीसाधन कारबाहीबाट सो रकम संकलन गरेको सुचना अधिकारी शिवकुमार शर्माले रातोपाटीलाई बताए ।  

कार्यालयले चैत्र महिनामा सबैभन्दा धेरै ४८ लाख ९६ हजार ५ सय रुपैयाँ र साउन महिनामा सबै भन्दा कम २२ लाख ७७ हजार रुपैयाँ  संकलन गरेको जनाएको छ । अन्य सवारीको तुलनामा सबैभन्दा धेरै १८ हजार ८ सय ३३ वटा मोटरसाइकल कारबाहीमा परेका छन भने सोबाट संकलन भएको १ करोड ३४ लाख ८४ हजार ५ सय रुपैयाँ राजश्व सबै भन्दा बढी हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप