आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ग्यास र खाद्यान्नमा २० प्रतिशत छुट पाइने भएपछि उपभोक्ताको भिड (तस्बिरहरु)

शनिबार, २२ जेठ २०७८, १३ : ५१
शनिबार, २२ जेठ २०७८

२० प्रतिशत छुट पाइने भएपछि साल्ट ट्रेडिङ अगाडि उपभोक्ताको भीड देखिएको छ । निषेधाज्ञाका बीच शुक्रबार सोल्टीमोडस्थित साल्ट ट्रेडिङअगाडि उपभोक्ताहरूको  भिड देखिन्थ्यो । 

सस्तोमा ग्यास र उपभोग्य बस्तु पाइने भएपनि उपभोक्ताहरु त्यहाँ पुगेका थिए । 
सरकारले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने ग्यास तथा खाद्यान्नको मूल्य २० प्रतिशतले घटाएको छ । 

सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेटमार्फत राहत सहुलियत र आर्थिक पुनरुत्थान कार्यक्रम अन्तरगतको बुँदा नम्बर ५५ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट विक्री हुने चामल, खाद्यान्न नून, तेल, चिनीसहित खाना पकाउने एलपी ग्यासमा निषेधाज्ञाभर २० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप