बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दक्षिण कोरियाद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग

शनिबार, २२ जेठ २०७८, १३ : ३७
शनिबार, २२ जेठ २०७८

दक्षिण कोरियाले नेपाललाई २ लाख डलर बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरिया सरकारले शुक्रबार स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयलाई कोरियाको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) मार्फत २ लाख अमेरिकी डलर बरावरको १७७६० आरटी पीसीआर टेस्ट किटको सेट प्रदान गरेको हो।

 नेपालका लागी कोरियाली राजदूत  पार्क छोङ सुकले  किटहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य र जनसंख्या मन्त्रालयका स्वास्थ्य समन्वय डिभिजनका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई हस्तान्तरण गरेका थिए।

हस्तान्तरण समारोहमा राजदूत पार्क छोङ सुकले यो सहयोगले नेपाल सरकारलाई कोभिड-१९  को दोस्रो लहरलाई  नियन्त्रण गर्न सहयोग गर्ने बताए।  किट हस्तान्तरण पश्चात  नेपाली जनताको सामूहिक परीक्षण गर्न सहयोग पुर्याउने  डा रोशन पोखरेलले बताए ।  महामारीको समयमा नेपाललाई निरन्तर सहयोग पुर्याएकोमा कोरियाली सरकारलाई उनले धन्यबाद प्रकट गरे ।

कोभिड- १९   महामारीको दोस्रो लहरको बिरूद्ध लड्न नेपाल सरकारलाई सहयोग पुर्याउन गणतन्त्र  कोरिया र कोइकाले आउँदो जुलाई/अगस्त सम्म ३७८ पिस  अक्सिजन कन्सर्टेटर खरीद सहित नेपाल सरकारलाई प्रदान गरिने पनि  जानकारी गराइएको छ। 
दक्षिण कोरियाले यस कठिन संकटकालमा  नेपाललाई सँधै सहयोग पुर्याएको छ। यसअघि पनि भूकम्प, प्राकृतिक प्रकोप महामारी जस्ता विपत्तिमा नेपाललाई कोरियाले सहयोग गर्दै आएको छ। दक्षिण कोरियाले बिस्तारै नेपालमा अनुदान सहयोग पनि बढाउँदै गएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप