शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टिभी अभिनेता पर्ल वी बलात्कारको आरोपमा पक्राउ

शनिबार, २२ जेठ २०७८, १३ : ००
शनिबार, २२ जेठ २०७८

भारतका चर्चित टेलिभिजन अभिनेता पर्ल वी पुरीलाई प्रहरीले बलात्कारको आरोपमा शुक्रबार राति पक्राउ गरेको छ । 

पीडित महिला र उनको परिवारले पुरीविरुद्ध उजूरी दिएपछि उनी पक्राउ परेका हुन् । अहिले यी अभिनेता प्रहरी हिरासतमै छन् ।  

यी अभिनेता आफ्नो संघर्ष, कामप्रतिको लगाव र समर्पणका लागि चिनिएका थिए । अघिल्लो वर्ष अक्टुबरमा मात्रै पर्ल वी पुरीका पिताको निधन भएको थियो, त्यस दौरान पनि उनी  सुटिङमै व्यस्त थिए । केही दिनअघि एक अन्तर्वार्ताका दौरान कलाकार बन्न घरबाट भागेपछिका  संघर्षबारे उनले सुनाएका थिए । उनी पानी पुरी खाएर भोक मेटाउँथे । एकपटक नौ दिनसम्म भोकै बस्नु पर्दाको अनुभव पनि उनले सुनाएका थिए । 

२०१३ बाट ‘दिल की नजर से खूबसुरत’ नामक धारावाहिकमार्फत उनले आफ्नो करियर सुरु गरेका थिए । लिड अभिनेताका रुपमा उनलाई ‘फिर भी ना माने बदतमीज दिल’ बाट पहिलो ब्रेक मिल्यो ।

त्यसपछि पर्ल वी पुरीले ‘नागार्जुन एक योद्धा’, ‘बेपनाह प्यार’, ‘नागिन ३’ र ‘ब्रम्हराक्षस २’ जस्ता धेरै धारावाहिकहरुमा काम गरे ।  उनी बिग बोस १२ र १३ मा गेस्टका रुपमा देखिएका थिए । यसबाहेक ‘किचन च्याम्पियन ५’ र ‘खतरा खतरा खतरा’ जस्ता रियालिटी शोमा पनि पर्ल देखिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप