शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सन्यासबारे सोच्दैछन् ग्यारेथ बेल

शनिबार, २२ जेठ २०७८, १२ : १६
शनिबार, २२ जेठ २०७८

कार्लो एन्सिलोट्टीको प्रशिक्षणमा ग्यारेथ बेलले रियल म्याड्रिका लागि निकै उत्कृष्ट खेलेका थिए । अहिले एन्सिलोट्टी रियलमा फर्किएका छन् र बेल फेरि चम्कनेसक्ने अनुमान लगाइएको छ । तर, गत सिजन लोनमा टोट्टनेह्यामबाट खेलेका बेलले सायद एन्सिलोट्टीको प्रशिक्षणमा खेल्ने छैनन् ।

स्पेनिस वेवसाइट मार्साले लेखेको छ, ‘रियल म्याड्रिडको जर्सीमा फेरि देखिने इच्छा नराखेका बेलले यसै सिजन युरोपेली च्याम्पियनसिप सकिएसँगै फुटबल जीवनबाट सन्यास लिनेबारे सोच्दैछन् ।’ पछिल्ला वर्ष बेल रियल म्याड्रिडका लागि खेल्दा निकै खुसी भएजस्तो देखिन्छन् ।

सुरुमा उनको समस्या रियल म्याड्रिड र जिनेदिन जिदानसँग् भएजस्तो देखिन्थ्यों । तर, टोट्टेनह्याममा जोसे माउरिन्होको प्रशिक्षणमा पनि समस्या उस्तै देखियो, जसले यसको जड गहिरो छ भन्ने देखाउथ्यों । सिजनको अन्त्य राम्ररी नै गरेपनि उनले सोचेजसरी खेल्न भने पाएनन् ।

जिदानले बेललाई अन्यत्र पठाउनका लागि धेरैपटक प्रयास गरेका थिए । तर, गत सिजनमात्रै यो संभव भयो र बेल टोेट्टेनह्याम गए ।

रियलमा एन्सिलोट्टी फर्किएपछि बेलसँग फेरि कुराकानी सुरु भएको छ । तर, एकअर्काप्रति सम्मान भएपनि उनीहरु एकसाथ काम नगर्न सक्छन् ।

मार्सालाई प्राप्त सुचनाअनुसार बेलले युरोकपको अन्त्यसँगै सन्यास लिनेबारे सोच्दैछन् । रियल म्याड्रिडसँग अझै उनको एक वर्षको सम्झौता बाँकी छ । तर, यो क्लब उनको पक्षमा उभिनेजस्तो देखिदैंन किनकी उनको तलब निकै महंगो छ । उनी बिदा हुँदा २ करोड २० लाख युरो क्लबको वार्षिक तलब खर्चबाट कटौती भएको छ ।

३१ वर्षको उमेरमै सन्यास लिनु अनौठो लाग्नसक्ला । तर, यसका लागि बेलले लामो समयदेखि सोचिरहेका थिए । र, उनी केवल अन्तर्राष्ट्रिय खेल खेल्दामात्रै खुसी भएजस्तो देखिन्छन् ।

२०१३ मा विश्व किर्तिमानी मुल्यमा बेल रियल म्याड्रिड आएका थिए । रोनाल्डो र करिम बेन्जामासँग मिलेर उनले रियलबाट निकै आक्रामक खेल देखाए । रियलबाट बेलले  चार पटक च्याम्पियन्स लिग र दुईपटक ला–लिगा र एकपटक कोपा डेल रे पनि जिते ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप