मिथिला नगर प्रमुखको स्पष्टीकरण : 'प्राविधिक टोलीको सल्लाहअनुसार ट्रमा सेन्टर निर्माणका लागि अन्यत्र जग्गा खोजिएको हो'
धनुषाको मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोले ढल्केबरमा ट्रमा सेन्टर निर्माणका लागि साविकको जग्गामा सरकारको प्राविधिकहरुको टोलीले उपयुक्त नरहेको भनेपछि मात्रै अन्यत्र जग्गा देखाएको स्पष्ट पारेका छन् ।
उनले ढल्केबर नगरवासीमा जग्गालाई लिएर देखिएको टिकाटिप्पणी विशुद्ध रुपमा राजनीतिक प्रतिशोध साध्नका लागि मात्रै रहेको स्पष्ट पारेका हुन् ।
उनले ०५७/०५८ सालतिर आफू ढल्केवर गाविस हुँदा स्थानीय रामसुन्दर महतोको पहलमा गैरेटोलमा रहेको ४ विघा एलानी जग्गामा ट्रमा सेन्टर निर्माणका लागि सिफारिश गरेको स्मरण गर्दै नगरप्रमुख महतोले भने– ‘ त्यसपछि स्थानीय तहहरु लामो समयसम्म प्रमुखविहिन भए, पछि स्थानीय तहको निर्वाचन हुँदा मिथिला नगरपालिकाको नगर प्रमुख भएँ र आफूले फेरी ट्रमा सेन्टर निर्माणका लागि प्रकृया अगाडी बढाएँ ।’
नगरप्रमुख महतोले प्राविधिकले त्यो जग्गा ट्रमा सेन्टरका लागि उपयुक्त नरहेको भनेपछि मिथिला नगरपालिका वडा नम्बर ६ मा रहेका एक विद्यालयको जग्गा, मिथिला नगरपालिका वडा नम्बर १ बल्डारामा रहेको जग्गामा पनि ट्रमा सेन्टर बनाउन अनिच्छुक देखिएपछि वडा नम्बर १० स्थित बौवा होटेल नजिक जग्गा देखाइएको तर त्यो जग्गापनि अहिलेसम्म निश्चित नभएको बताए ।
उनले राजनीतिक प्रतिशोध देखाउनकै लागि गलत अफवाह फैलाइरहेको आरोप लगाउँदै भने– ‘यदि ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित गरेको जग्गा मध्ये लालगढ तर्फ कसैले मेरो जग्गा वा एमाले नेता रघुवीर महासेठको जग्गा छ भनी प्रमाणित गरिदियो भने १० लाख रुपैयाँ र साथै सो जग्गा समेत दिने घोषणा गर्छु ।’
ट्रमा सेन्टर निर्माण गर्नका लागि नेपाल सरकारले आगामी आर्थिक वर्ष ०७८/०७९ मा बजेट छुट्याएपछि जनप्रतिनिधिमाथि विभिन्न आरोप प्रत्यारोप सुरु भएको छ ।
नेपाल सरकारले मिथिला नगरपालिकास्थित ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्नका लागि बजेट छुट्याएसंगै हौसिएका ढल्केवरवासीमा खुशियालीसंग ट्रमा सेन्टरको जग्गा व्यवस्थापनमा मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोले आफ्नो स्वार्थ अनुकुल गर्न लागेको भन्दै विवाद उत्पन्न भएको हो ।
साविकमा ढल्केवर स्थित गैरेटोलमा छुट्याइएको जग्गाको अनुगमन गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले राजमार्ग भन्दा धेरै टाढा रहेको भन्दै अनुपयूक्त भएको भनेपछि अहिले ट्रमा सेन्टर निर्माणको लागि राजमार्ग छेउछाउमा जग्गा खोजी हुन थालेपछि ढल्केवरवासी नगरप्रमुख हरिनारायण महतोको क्रियाकलापप्रति क्रुद्ध बनेका छन् ।
ढल्केवरका स्थानीयवासीले मिथिला नगरपालिकाका नगरप्रमुख महतोले आफ्नो नीजि जग्गाको मूल्यांकन बढाउनका लागि मिथिला नगरपालिकाको लालगढ तर्फ अर्को जग्गा त्यसका लागि छुट्याएको आरोप नेपाली कांग्रेसका स्थानीय नेताहरुको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक—निजी साझेदारीमा पहिलो पटक प्रशारण लाइन निर्माणको सुरुवात
-
सहकारी सुधार प्रयासबारे युवराज खतिवडाका तीन ‘अब्जेक्सन’
-
दलित सशक्तीकरण विधेयक छिट्टै पास गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प
-
संगठन विभागमा बेदुराम, प्रकाशको भागमा प्रचार
-
अर्थ समितिको छलफलमा बोलाइएका विज्ञहरूमाथि नै प्रश्न