मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

हरेक बुधबार श्रम स्वीकृति दिने निर्णय

शनिबार, २२ जेठ २०७८, ०७ : ४२
शनिबार, २२ जेठ २०७८

वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौँले यही जेठ २६ गतेदेखि हप्ताको एक दिन हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको  छ ।

कार्यालयका अनुसार जेठ २६ गतेदेखि हरेक बुधबार एक  दिनका  लागि  सबै  प्रकारका  श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ । कोरोनाको   जोखिमका बाबजुद पनि  सेवाग्राहीको  समस्यालाई  ध्यानमा राखेर   हप्ताको एक दिन बुधबार कार्यालयबाटै सेवा दिनेगरी तयारी भएको सो कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार कोरोना सङ्क्रमणको नियन्त्रण तथा रोकथाम गर्ने  भन्दै गएको वैशाख २४ गतेदेखि कार्यालयले भौतिक रूपमा उपस्थित भएर  लिनुपर्ने  सेवाहरू  बन्द गरेको थियो ।

यो बीचमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति  लिने व्यवस्था  गरिएको थियो । यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी महासङ्घले  हप्ताको  एक दिन श्रम स्वीकृति  दिने व्यवस्था गर्न माग गर्दै वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दुवाडीको ध्यानाकर्षण गरेको थियो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप