कोरोना संक्रमणको तेस्रो र चौथो लहर आउन सक्ने
कोरोना संक्रमण दोस्रो लहरपश्चात् तेस्रो र चौथो लहर ‘आउन सक्ने’ भन्दै तयारी अवस्थामा रहन सरकारले आग्रह गरेको छ ।
प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ तथा युवा संक्रमित भएकाले तेस्रो र चौथोमा बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ । यसका लागि सबै अस्पताल स्वास्थ्य संस्थालाई स्वीकृत शøयाको कम्तीमा २० प्रतिशत कोभिड–१९ संक्रमित बालबालिका उपचारमा प्रयोग हुनेगरी तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।
मन्त्रालयले कोरोना संक्रमण लहर पुनः आउन सक्ने भन्दै सचेत र सजग रहनुपर्नेमा समेत जोड दिएको छ । गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायका अनुसार संक्रमण दोस्रो लहरजस्तै तेस्रो, चौथो आउन सक्ने र त्यसबाट बालबालिका बढी संक्रमित हुन सक्ने भएकाले सबै अस्पताललाई शøया छुट्याउन परिपत्र गरिएको छ ।
तेस्रो र चौथो लहर आउन सक्ने भएकाले पूर्वतयारी गर्नुपर्ने भएकाले वैकल्पिक अक्सिजन व्यवस्थापन गर्न सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थालाई आग्रह गरिएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग
-
विभिन्न दस्ताबेज पारित गर्दै एकीकृत समाजवादीको बैठक सम्पन्न
-
बागमती विश्वविद्यालयको संरक्षक समितिमा दुई सदस्य नियुक्त
-
युवा संघ नेपालले १५ बुँदा माग राख्दै बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
अवस्था ठिक नभएका सवारी साधन चलाउने ५३ जना चालक कारबाहीमा
-
निजी क्षेत्र कस्तो चाहन्छ आगामी वर्षको बजेट ?