आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

ओली सरकारमा महासेठ दम्पतीको 'रोटेसन'

शनिबार, २२ जेठ २०७८, ०६ : ३८
शनिबार, २२ जेठ २०७८

केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । यसपटकको पुनर्गठनमा उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर खेमाका ८ मन्त्री र २ राज्यमन्त्रीका साथै एमालेको आफू पक्षका नेताहरूलाई समेटेका छन् ।

ओलीले यसपटकको मन्त्रिपरिषद् पुनर्गठनमा विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो तीनजनालाई उपप्रधानमन्त्री बनाएका छन् । एमाले र माओवादी एक भई झन्डै दुई तिहाइ बहुमतको सरकार हुँदा पनि पार्टीबाट एकमात्र उपप्रधानमन्त्री बनाएका ओलीले यसपटक भने तीन उपप्रधानमन्त्री थपेका हुन् ।

२०७४ सालयताका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भने ओलीले सरकारबाट बाहिर पठाएका छन् । उनी मन्त्रीको जिम्मेवारी खोसिँदा समेत उपप्रधानमन्त्री भएर बसिरहेका थिए । यसपटक थपिएका उपप्रधानमन्त्रीमनध्ये रघुवीर महासेठका भने दम्पती नै ओली सरकारमा आलोपालो गरी सहभागी हुँदै आएका छन् ।

ओलीले २०७४ सालमा प्रधानमन्त्रीको शपथ लिएपछि महासेठ मन्त्रिपरिषद्मा सहभागी भएका थिए । उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारीमा थिए । २०७४ फागुनदेखि २०७६ मंसिरसम्म उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहे ।

त्यसपछिको एक वर्ष जारी रहेको तत्कालीन नेकपाको विवादमा महासेठ कहिले दाहाल(नेपाल समूहतिर लागे त कहिले केपी ओलीतिर । २०७७ पुस ५ मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि चुलिएको नेकपा विवादमा उनी दाहाल(नेपाल खेमातिर लागेर कार्की बैंक्वेटको भेलासम्म पुगेका थिए । तर, लगत्तै पुस १० गते भएको मन्त्रिपरिषद् पुनर्गठनमा महासेठकी श्रीमती जुलीकुमारी महतो मन्त्री बनिन् ।

यसलाई धेरैले यी दम्पतिको बार्गेनिङका रुपमा व्याख्या पनि गरे । जुलीकुमारी महतो २०७७ पुस देखि २०७८ जेठसम्म महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक मन्त्री भइन् । २०७६ मंसिर मन्त्रीबाट हटाइएपछि ओलीसँग रिसाएका महासेठ श्रीमती महतो मन्त्री बनेपछि फेरि ओली क्याम्पमा नै फर्किए ।

ओली मन्त्रिपरिषद्बाट महतो बाहिरिएपछि महासेठ उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मेवारीसहित फर्किएका छन् । यसरी ओलीको मन्त्रिपरिषद्मा महासेठ र महतोको 'रोटेसन' चलिरहेको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप