शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको काँधमा ७ मन्त्रालयको जिम्मेवारी

शुक्रबार, २१ जेठ २०७८, २२ : ०१
शुक्रबार, २१ जेठ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपा नेपालको महन्थ–राजेन्द्र पक्षलाई सत्ता साझेदार बनाउँदै मन्त्रिपरिषद पुनर्गठन गर्दै ७ वटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका छन् । प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका हुन् ।

उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी पनि आफैसँग राखेका छन् । यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पनि उनी आफैले राखेका छन् । शुक्रबार पुनर्गठित मन्त्रिपरिषदमा दुई राज्यमन्त्रीसहित १७ सदस्य छन् । तीमध्ये १० जना जसपा नेपालका महन्थ–राजेन्द्र पक्षका हुन् । प्रधानमन्त्री ओलीसहित ७ जना भने एमालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप