शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

पुनर्गठित मन्त्रिमण्डल : एमालेबाट को ‘इन’ को ‘आउट’ ?

शुक्रबार, २१ जेठ २०७८, २१ : ३८
शुक्रबार, २१ जेठ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डल हेरफेर गरेका छन् । यसअघिको १८ सदस्यीय मन्त्रिमण्डल रहेकोमा ओलीले पुनर्गठित मन्त्रिमण्डल १७ सदस्यीय बनाएका छन् । जसमा १२ नयाँ मन्त्री थपिँदा १३ ले विदावारी पाएका छन् । विदावारी पाउनेमा सबै एमालेका छन् । थपिएका १२ मध्ये १० जना जसपाका छन्  ।

जसमा ३ उप्रधानमन्त्री, १२ मन्त्री र २ राज्यमन्त्रीसहितको १७ सदस्य रहेका छन् । यसअघि एकजना उपप्रधानमन्त्री रहेकोमा अव ती उपप्रधानमन्त्री भएका छन् । पुनर्गठित मन्त्रिपरिषदमा प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासनसहित ७ मन्त्रालय आफैंसँग राखेका छन् ।

 


 

१७ सदस्यीय पुनर्गठित मन्त्रीमण्डलमा ओलीले एमालेका तर्फबाट पुराना चार मन्त्रीलाई निरन्तरता दिएका छन् भने बाँकी तीन राज्यमन्त्रीसहित ११ जनालाई विदाई गरेका छन् । पुनर्गठनमा एमालेका नयाँ दुई मन्त्री थप भएका छन् ।

निरन्तरता पाउनेमा अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र कानुनमन्त्री लीलानाथ ​श्रेष्ठ छन् ।

 


 

त्यस्तै नयाँ मन्त्रीका रुपमा शेरबहादर तामाग, स्वास्थ्य मन्त्री र रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्को जिम्मेवारीमा मन्त्रिमण्डलमा परेका छन् । यसअघि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र परराष्ट्मन्त्री प्रदीप ज्ञवाली रहेका थिए ।

एमालेबाट यसअघि मन्त्री बनेका ईश्वर पोखरेल, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, पद्यमा कुमारी अर्याल, पार्वत गुरुङ, शिवमाया तुम्वाहाम्फे, गणेशसिंह ठगुन्ना, प्रेम आले, जुली महतोसहित नौ र राज्यमन्त्री भएका तीन गरी नवराज रावत, रामवीर मानन्धर, विमला विक बाहिरिएका छन् ।

यस्तो छ कार्यविभाजन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप