शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

दुलाल दम्पतीद्वारा ५ सय परिवारलाई खाद्यान्न सहयोग

शुक्रबार, २१ जेठ २०७८, २० : १६
शुक्रबार, २१ जेठ २०७८

कोभिड १९ को दोश्रो लहरका कारण निषेधाज्ञा जारी भएपछि दैनिक कामकाज गर्दै जीवन यापन गर्नेहरुले निकै कठिनाई भोग्नु परिरहेको छ । त्यसै क्रममा दैनिक कामकाज ठप्प हुनाका कारण असहज परिस्थितिमा रहेका काठमाडौं उपत्यकाका विपन्न र असहायहरूको  सेवामा अखिल नेपाल टेबुल टेनिस क्लबका उपाध्यक्ष राजेन्द्र दुलाल अघि सरेका छन् । एपिएफका टेबल टेनिस प्रशिक्षक समेत रहेका राजेन्द्र दुलाल र उनकी पत्नी समिक्षा दुलालले मिलेर निषेधाज्ञामा समस्यामा परेका ५०० परिवारलाई खाद्य सामाग्री प्रदान गरेका हुन् । 

ठमेल पर्यटन बिकास परिषदका सदस्य समेत रहेका दुलालले प्रत्येक परिवारका लागि ५ केजी चामल, एक केजी च्युरा, दाल, सोयाविन मस्यौरा र एक लिटर तेल प्रदान गरे ।  र उनकी पत्नी समिक्षा दुलाल पनि देखिएका छन् । ‘दैनिक कमाई गरेर खानु पर्ने व्यक्तिहरु रोग र भोक दुबैको मारमा छन् । यस्तोमा खाद्यान्नको अभावलाई केही सहज बनाउने कोशिस गरेका हौं,’ दुलालले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप