कास्कीमा चारवटै गाउँपालिकालाई अक्सिजन कन्सन्टेटर सहयोग
कास्कीमा चारवटै गाउँपालिकालाई अक्सिजन कन्सन्टेटर प्रदान गरिएको छ । कोभिड–१९ को संक्रमण बृद्धि भएसँगै संक्रमितलाई स्थानीय स्तरमै सहज रुपमा अक्सिजन उपलब्ध गराउने उदेश्यले कास्कीका चारवटै गाउँपालिकालाई सहयोगस्वरुप अक्सिजन कन्सन्टेटर हस्तान्तरण गरिएको हो ।
काठमाडौंको वोधिसत्वा विहार र सामाजिक अभियन्ता शान्त शर्माको विशेष सहयोगमा कास्कीका माछापुच्छ्रे रुपा, अन्नपूर्ण र मादी गाउँपालिकालाई ५÷५ लिटर क्षमताको अक्सिजन कनसन्टेटर मेसिन सहयोग गरिएको पोखराका संयोजक एवं पत्रकार दीनानाथ बरालले बताए ।
शुक्रबार माछापुच्छ्रे गाउँपालिका बाहेक तीनवटा गाउँपालिकालाई अक्सिजन कन्सन्टेटरसहित स्वास्थ्य सामाग्री (अक्सीमिटर, मास्क, थर्मल गन, प्रेसर नाप्ने मेसिन लगायत) एक कार्टुन, सेनिटाइजर २० लिटर, ह्याण्डवास, ट्वाइलेट क्लिनर र फिनेल ५÷५ लिटर, स्प्रे मेसिन लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको संयोजक बरालले बताए ।
संयोजक बरालले नेपाल पत्रकार महासंघ कास्कीको परिसरमा शुक्रबार पालिकाका प्रतिनिधिहरूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको बताए । पछिल्लो समयमा कास्कीमा पनि अक्सिजन अभाव भएको अवस्थामा अक्सिजन कन्सन्टेटर सहितको स्वास्थ्य सामाग्री प्राप्त गर्दा ठुलो राहतको महशुस भएको मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले बताए ।
कोरोना महामारीमा आफुहरुले प्राप्त गरेको स्वास्थ्य सामाग्री लक्षित वर्गलाई उचित ढंगले प्रयोग गर्न दिने रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले बताए । उनले अधिकांश बजार केन्द्रित सहयोग आएको अवस्थामा आफ्नो गाउँलाई समेत सम्झेर सहयोग गरेकोमा सहयोगी संस्थालाई धन्यवाद समेत प्रदान गरे ।
यसैबीच,सृजनशील अपाङ्गता सरोकार समिति (पिआरटी)लाई औषधी सहयोग गरिएको छ । समितिलाई विभिन्न प्रकारका औषधि वितरण गरिएको संयोजक बरालले बताए । समितिका अध्यक्ष फणिन्द्रप्रसाद पौडेलले संस्थालाई औषधिसहित खाद्य सामाग्री अत्यावस्यक भएको गुनासो गरे । बिहीबार पनि संस्थाले पोखरामा तीनवटा सामुदायिक अस्पताललाई जनही ५÷५ वटा अक्सिजन कन्सन्टेटर सहितको स्वास्थ्य सामाग्री वितरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए
-
नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजारसम्म छुट
-
चीनको विकास नेपालका लागि प्रेरणा – दिनानाथ शर्मा
-
गौतमबुद्ध विमानस्थलमा पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग