बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘फाइभ जी’ मामलामा अभिनेत्री जुही चावलालाई २० लाख जरिवाना

शुक्रबार, २१ जेठ २०७८, २० : ००
शुक्रबार, २१ जेठ २०७८

मुम्बई । अभिनेत्री जुही चावला २० लाख जरिवानामा परेकी छन् । ‘फाइभ जी’ मामलामा दिल्ली हाइ कोर्टले उनलाई यो जरिवाना तोकेको हो । जुहीले ‘फाइभ जी’को विरुद्धमा दिल्ली हाइकोर्टमा एक याचिका दायर गरेकी थिइन् । जसमा उनले ‘फाइभ जी’ को रेडिएशनको प्रभाव नागरिक, जनावर, वनस्पति लगायतमा पर्ने सम्बन्धि मुद्दा उठाएकी थिइन् । जसको फैसला हालै दिल्ली हाइ कोर्टले सुनाएको छ ।

कोटले जुहीको विपक्षमा फैसला गर्दै २० लाख जरिवाना समेत सुनाएको हो । कोटले जुहीको याचिका खारेज गर्दै भनेको छ, ‘याचिका कर्ताले कानुनी प्रक्रियाको गलत प्रयोग गरेको छ । यस्तो लाग्छ यो प्रचार पाउन गरिएको हो । किनभने याचिका कर्ता जुहीलाई पनि थाहा छैन कि उनको याचिका तथ्यमा आधारित नभएर कानूनी सल्लाहमा आधारित रहेको छ ।

पब्लिसिटी पाउन र कोर्टको समय दुरुपयोग गरेको कारणले उनलाई जरिवाना गरिएको छ ।’ जुहीले कोर्टमा याचिका कर्ताको तर्फबाट तिर्नु पर्ने कोर्टको पुरै फिस डेढ लाख समेत तिरेकी छैनन् । कोर्टले एक साता भित्र उक्त पिस तिर्न समेत निर्देशन दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप