श्रीमान–श्रीमती नै मन्त्री : ओली पक्षमा लाग्दा शेरबहादुर तामाङलाई दोहोरो फाइदा
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार विस्तार गरेको मन्त्रिपरिषदमा एमाले नेता शेरबहादुर तामाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् । एमालेको केपी ओली समूहमा लाग्दा शेरबहादुर तामाङको जोडी भाग्यमानी सावित भएको छ ।
उनकी पत्नी उषाकला राईले गत चैत १३ गते प्रदेश १ को सामाजिक मन्त्रीमा नियुक्त पाएकी थिइन् । तत्कालीन नेकपा फुटपछि माधव नेपाल खेमामा रहेका नेता दम्पती तामाङ र राईपछि ओली समूहमा गएका थिए । केही दिन ओली समूहमा बसेर फेरि नेपाल समूहमा फर्किएका उनीहरु पछि फेरि ओली समूहमै फर्किएका थिए ।
गत पुस ९ गते अघि तत्कालीन नेकपाको ओली समूहको बैठकमा सहभागी भएका उनीहरु पुस ९ गते प्रचण्ड नेपाल पक्षको केन्द्रीय समितिको बैठकमा सहभागी भएका थिए । उषाकला राईले प्रधानमन्त्री केपी ओलीले आफूलाई केन्द्रीय सदस्य बनाएकोमा धन्यवाद दिँदै सो पद अस्वीकार गर्दै ओली समूहमा आफू नरहेको बताएकी थिइन् ।
तर गत फागुन ८ गते उनीहरु फेरि ओली समूहमै फर्किएका थिए । गुट परिवर्तन गरेसँगै राईले प्रदेश १ को मन्त्री हात पारिन् भने तामाङले बैशाख १० गते एमालेको कार्यालय सचिवको जिम्मेवारी पाए । ओली सरकारको पहिलो मन्त्रिमण्डलमा तामाङले ४ महिना कानून मन्त्रालय चलाएका थिए । विवादास्पद अभिव्यक्ति दिएका कारण उनले राजीनामा दिनुपरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन