शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

शुक्रबार, २१ जेठ २०७८, १० : ००
शुक्रबार, २१ जेठ २०७८

सुदूरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर ३, कैलाली २, बझाङ्गमा १, डडेल्धुरा २ रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ४३ मा एन्टिजेन परीक्षण गर्दा १ सय ४९ जनामा कोरोना पुष्टी भएको छ । कोरोना पुष्टि भएका मध्ये ४ जनाको मृत्य ४ भएको छ । त्यस्तै १ हजार १ सय १९ जनामा पीसीआर परीक्षण गर्दा २ सय १७ मा संक्रमण पुष्टी भएको छ । जसमध्ये ४ जना को मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए । अहिलेसम्म प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २४ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप