शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माधव नेपाल पक्षले स्थायी कमिटीको बैठक बोलायो

शुक्रबार, २१ जेठ २०७८, १९ : २२
शुक्रबार, २१ जेठ २०७८

नेकपा एमाले माधव–झलनाथ समूहको केन्द्रीय कमिटीको दुई दिने बैठक शुक्रबार सकिएको छ । केन्द्रीय कमिटीमा उठेका विषयहरुलाई अन्तिम रुप दिनका लागि शनिबार स्थायी कमिटीको बैठक बस्ने भएको छ ।

विहीबार र शुक्रबार दुई दिनसम्म माधव–झलनाथ पक्षका केन्द्रीय सदस्यहरुको दुई दिने बैठक बसेको थियो । बैठकले केपी ओलीसँग सम्झौताहीन संघर्ष गर्ने लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

साथै आगामी बाटो कस्तो तय गर्ने भन्नेबारे केन्द्रीय सदस्यहरुको धारणा मागिएको र यसलाई शनिबार स्थायी कमिटीले अन्तिम रुप दिने एक केन्द्रीय सदस्यले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप