शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

८४ वर्षीय बृद्ध बलात्कार आरोपमा पक्राउ

शुक्रबार, २१ जेठ २०७८, १८ : ३५
शुक्रबार, २१ जेठ २०७८

दाङमा ८४ वर्षीय बृद्ध बलात्कार आरोपमा पक्राउ परेका छन् । देउखुरी  जिल्ला अदालतबाट जबरजस्ती करणीमा सजाय सुनाइएका फरार ८४ वर्षीय बृद्ध पक्राउ परेका हुन् । पक्राउ पर्नेमा घोराही– ४ भकारे निवासी ८४ बर्षीय रामु केसी रहेका छन् ।

गत वर्ष मंसिर २६  गते अदालतबाट जबरजस्ती करणी कसुर मुद्दामा उनलाई ७ वर्ष ५ महिना ८ दिन कैद सजाय र २ लाख २५ हजार जरिवाना फैसला सुनाइएको थियो । बिहीबार  पक्राउ परेका उनलाई शुक्रवार अदालतमा पेश गरि जेल चलान गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप