शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यौनकर्मी भन्दै मलाई भेदभाव गरे : माहिका

शुक्रबार, २१ जेठ २०७८, १७ : २६
शुक्रबार, २१ जेठ २०७८

अभिनेत्री माहिका शर्मा आगामी फिल्म ‘द मोर्डन कल्चर’ मा एडल्ट फिल्म स्टार डेनी डीसँगै देखिनेछिन् । माहिकाका अनुसार जब उनले डेनीसँग काम गर्ने फैसला गरिन्, तब मानिसहरुले उनलाई यौनकर्मी सम्झिएर भेदभाव गर्न थाले । 

बुधबार अन्तर्राष्ट्रिय यौनकर्मी दिवसका दिन उनले यस विषयमा बोलेकी हुन् । माहिका भन्छिन्, ‘आफुलाई सही साबित गर्नुको साटो मैले एक यौनकर्मी कति दयनीय जिन्दगी बाँचिरहेकी होलिन् भन्ने सोचेँ । अनि, उनीहरुको सहयोग गर्ने योजना बनाएँ ।’

माहिका पूर्व मिस टिन नर्थ ईस्ट माहिकाले रामायण, एफआईआर, तू मेरे आगल बगललगायत टिभी शोमा अभिनय गरिसकेकी छिन् । उनी विभिन्न च्यारिटी र एनजीओको हिस्सा गरिसकेकी छिन् । उनले महिला र बालबालिकाको स्वास्थ तथा वेश्यावृत्ति समाप्त गर्ने उद्धेश्यले यौनकर्मीको पुनर्वासका लागि काम गरिरहेकी छिन् । 

माहिकाले थपिन्, ‘म वेश्यावृत्ति समाप्त गर्न चाहन्छु । जबकी हाम्रो देशमा पनि पोर्नमाथि प्रतिबन्ध लगाइएको छ, तर पनि यहाँ धेरै डिजिटल नेटवर्कहरुले स्थानीय अभिनेतालाई लिएर धेरै पार्न फिल्म बनाउँदै, रिलिज गर्ने गरेका छन् । यो दुःखलाग्दो विषय हो । हामीले कानूनी रुपमा यस्ता विषयमा ध्यान दिनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप