शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेती अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु

शुक्रबार, २१ जेठ २०७८, १६ : ५३
शुक्रबार, २१ जेठ २०७८

कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा  घोडाघोडी १ कैलालीका ५७ वर्षीय पुरुष र गोदावरी ९ कैलालीका ५० वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । 

त्यस्तै ६ सय ५७ नमुनाको  परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढीका ५ जना पुरुष र १ महिला छन भने अन्य जिल्लाका २९ पुरुष र १६ महिला छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप