सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन अगाडी नै सबै नेपालीलाई खोप : मन्त्री त्रिपाठी

शुक्रबार, २१ जेठ २०७८, १० : ००
शुक्रबार, २१ जेठ २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले चुनाव अगाडी नै सबै नेपालीलाई खोप लगाई सक्ने सरकारको योजना रहेको जानकारी दिएका छन् । कोभिड–१९ विरुद्धको खोप १८ बर्ष माथिका सबै नेपालीहरुलाई लगाउन सरकारले खोप उत्पादक देशहरुसँग खोप खरिद गर्ने प्रकृया अगाडी बढाइसकेको मन्त्री त्रिपाठीले जानकारी दिएका हुन् ।

नवलपरासीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै त्रिपाठीले बढ्दो कोभिड–१९ को संक्रमण रोकथाम र सबैलाई खोप लगाउने कार्य अहिले सरकारको प्राथमिकतामा रहेको भन्दै खोप प्राप्तिका प्रकृयाहरू शुरु भईसकेको बताए । गृहजिल्ला आएका मन्त्री त्रिपाठीले जिल्ला पृथ्वीचन्द्र अस्पतालमा रोटरी क्लब अफ नवलपरासीले बनाएको ४ बेडको आइसियु वार्डको उद्घाटन समेत गरेका छन् । मन्त्री त्रिपाठीले निर्मित आईसीयू वार्डको रिबन काटेर उद्घाटन गर्दै सो कक्षको अनुगमनसमेत गर्दै यस्तो माहामारीका बेला अस्पतालहरुमा बढ्दो सामाजिक संघ संस्थाहरुको सहयोगले अस्पतालहरुलाई निकै सहयोग पुगिरहेको विश्वास व्यक्त गरे ।

जिल्ला अस्पतालमा आईसीयू र एचडीयू सेवा नहुँदा कोभिड १९ लगायत अन्य रोगका गम्भीर बिरामीहरुलाई उपचारका लागि बाहिरी जिल्लाहरुमा पठाउन बाध्यता रहेको कारण रोटरी क्लबले आफ्ना सदस्यहरु सङ मात्र रकम संकलन गरि करिब ११ लाख रुपैयाँमा उक्त ४ बेडको आइसीयू वार्ड अस्पताललाई हस्तान्तरण गरिएको अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीले जानकारी दिए ।

अध्यक्ष चौधरीका अनुसार अझै सो वार्डलाई आईसीयूकै रुपमा चलाउन, दक्षजशक्ति, हाईफ्लो अक्सिजन, भेन्टीलेटर लगायतका सर सामानहरुको आवश्यक्ता रहेको जानकारी दिए । तत्कालै यस वार्डलाई आईसीयूको रुपमा सञ्चालन गर्न नसकिएपनि अलि गम्भीर विरामी र अपरेशन पश्चातका विरामीहरुलाई यस वार्डमा राखी कार्डिएक मोनिटरबाट निगरानी गरि उपचार सेवा प्रदान गर्न सहज हुने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मोहम्मद नुरुलहोदाले जानकारी दिए ।

अस्पतालमा आइसियु सेवा नहुँदा अकालमा मृत्यु हुने र बाहिरी जिल्लाहरुमा विरामीहरुलाई रिफर गर्नु पर्ने बाध्यतालाई हटाउन रोटरी क्लबले यो सहयोग गरेको क्लबका अध्यक्ष सुमन गोपाल आचार्यले बताउँदै आगामी दिनहरुमा अस्पताललाई थप सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

आईसीयूका लागि आवश्यक सुविधायुक्त बेड, काडिएक मनिटर, औषधी राख्ने सानो दराज, बस्ने स्टुल, सहितका सरसामानहरु खरिद गर्न र सेटअपका लागि क्लबका नोमिनी परेसिडेन्ट वीरेन्द्र अग्रहरीको संयोजकत्वमा भएको र उक्त सरसमानहरु खरिदमा वरिष्ठ फिजिसियन डाक्टर महेन्द्र कुमार अग्रहरीको अहम भूमिका रहेको थियो ।

आइसियु वार्ड हस्तान्त्रण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, प्रदेशसभा सदस्य अजय कुमार शाही, जिल्ला समन्वय समिती प्रमुख शिव सङ्कर राय, रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, स्वतन्त्र राजनीतिक समुहका जिल्ला संयोजक राधेरमण पाण्डे, अस्पताल बिकास समिति अध्यक्ष जगदीश चौधरी लगायतले यस कार्यको प्रशंसा गर्दै थप यस्तै सहयोगको अपेक्षा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप