शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घरेलु हिंसाको आरोपमा एक युवक पक्राउ

शुक्रबार, २१ जेठ २०७८, १६ : २७
शुक्रबार, २१ जेठ २०७८

सर्लाहीको विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय शिवकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । किशोरीको जाहेरीका आधारमा युवकलाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

विवाहको प्रलोभनमा दलित समुदायकी युवतीमाथि अमानवीय व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । आफूमाथि शोषण भएको भन्दै किशोरी र उनका परिवारले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

किशोरीले अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दिएको र सोही आधारमा उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक राठौरले बताए । पक्राउ परेका यादवलाई अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको छ । किशोरीको उद्धार गरी जिल्ला सदरमुकाममा रहेको एक सेफ हाउसमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप