
जर्मनीमा रहेको नेपाली दूतावासको घरजग्गा बेच्ने मन्त्रिपरिषदको निर्णय

सरकारले जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।
यस्तै परराष्ट्र मन्त्रालयको सिफारिसमा राजदूत नियुक्ति सम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय समेत बैठकले गरेको छ । २०७५ सालमा ल्याइएको सो कार्यविधि अनुसार राजदूत नियुक्ति गर्दा परराष्ट्र सेवाबाट कम्तिमा ५० प्रतिशत पर्नेगरी नियुक्त गर्नुपर्ने प्रावधानलाई हटाइएको छ । सरकारले हालै गरेको ११ देशका राजदूत नियुक्त गर्दा परराष्ट्र सेवाबाट २ जना समेटेर ९ जनालाई गैर परराष्ट्र सेवाबाट नियुक्तिका लागि सिफारिस गरेको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- June 4, 2021, 11:42 p.m. Gopalभैगो, के कुरा गर्ने हिजो आज नेपाल नै हो ! भन्ने भाछ । तराइ भरि नागरिता बाटे गिट्टि बालुवा भारतमा बेचेर सखाप बनाछ्न ब्रम्म लुट छ । हुदा हुदा जर्मनी जस्तो ठाउको राजदुताबास बेचेर सानो अपार्ट्मेन्ट बसेर बाकि पैसा कुमाउने होला । अमेरिकाले बम हानि हानि जेरुसलम राजदुताबास खोल्छ ।हाम्रोले भको पनि बेचेर खान्छ। ...
- 0 Reply
- June 4, 2021, 9:40 p.m. दोलखाली दाहाल केटोबेचौ बेचौ यहि हो मौका बेचौ अरुण बेचौ, तमोर बेचौ, कालापानी-लिपुलेक बेचौ बेचौ- बेचौ यहि हो मौका बेचौ चुरे बेचौ, जल बेचौ, जङ्गल बेचौ, दुताबास बेचौ, बालुवाटार बेचौ ---------------------------------------------------------------------------- बेचौ बेचौ, यहि हो मौका बेचौ इमान बेचौ, इज्जत बेचौ, स्वाभिमान बेचौ बेचौ बेचौ, यहि हो मौका बेचौ कोशी बेचौ, काली बेचौ, कर्णाली बेचौ, गन्डकी बेचौ, सेती बेचौ ---------------------------------------------------------------------------- अरु बाकी के के छन तिमी सङ्ग बचेका सबै बेचौ यो बेचौ, त्यो बेचौ, उ बेचौ, बचेका खुचेका के के छन सबै बेचौ आफू बेचौ, उसलाई बेचौ तब पो तिम्रो दिवा-स्वप्ना साकार होला बेचौ बेचौ, यहि हो मौका बेचौ, मौका मिले देश बेचौ तर! खबरदार !! यी तिम्रा सोचाई होलान देशभक्ती जागे पछि तिम्रो भाउ नआउने गरि तिमी अन्तरमा बिलय हुने छौ !!! -सरोज
- 0 Reply
कमेन्ट गर्नुहोस्
तपाईको ईमेल गोप्य राखिनेछ
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।