कोरोनाका कारण अवरुद्ध जलविद्युत आयोजनाहरुको म्याद थप
शुक्रबार, २१ जेठ २०७८, १६ : ०२

नेपाल विद्युत प्राधिकरणले कोरोना महामारीका कारण अवरुद्ध जलविद्युत आयोजनाहरुको म्याद थप गरेको छ । विद्युत खरिद बिक्री सम्झौता (पीपीए)अनुसार अघि बढ्न नसकेका जलविद्युत आयोजनाको म्याद १ वर्ष थप गर्न लागेको हो । प्राधिकरणको ८७० औं सञ्चालक समिति बैठकले वित्तीय व्यवस्थापन गर्न, निर्धारित तालिकाअनुसार विद्युत उत्पादन गर्न तथा उत्पादन अनुमतिपत्र बुझाउन नसकेका जलविद्युत आयोजनाको हकमा अधिकतम १ वर्षसम्म म्याद गरिदिने प्रक्रिया अघि बढाएको छ ।
प्राधिकरण विद्युत व्यापार विभागले अधिकतम १ वर्ष म्याद थप गर्ने निर्णय सञ्चालक समितिबाट भइसकेकाले यो सुविधा लिन जलविद्युत प्रवर्द्धकलाई आग्रह गरेको छ । कोभिड–१९ माहामारीको प्रभावित आयोजनाको म्याद थप गरी पीपीए भएको मिति संशोधन गर्ने सुविधा लिने प्रवर्द्धकलाई सम्पूर्ण विवरण सहितको आवेदन दिन आग्रह गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाँसोको सिद्धान्त : किन हाँस्छ मान्छे ?
-
पाकिस्तानमा सैन्य कारबाहीमा ६ आतङ्ककारी मारिए
-
गैँडाको आक्रमणबाट एक घाइते
-
वरिष्ठ अधिवक्ता वीरेन्द्र ठाकुरको नेतृत्वमा कानुन व्यवसायी केन्द्रीय समिति पुनर्गठन
-
रोस्टिङ कमेडी अलि सजिलो
-
प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको विषयमा उपप्रमुख डंगोलद्वारा प्रमुख साहको विरोध