मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

पुष्पतारा केडिया सेवा फाउन्डेसनद्वारा नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शको कोभिड फन्डमा योगदान

शुक्रबार, २१ जेठ २०७८, १५ : ५४
शुक्रबार, २१ जेठ २०७८

काठमाडौं । केडिया अर्गनाइजेशन अन्तर्गत पुष्पतारा केडिया सेवा फाउन्डेसनले नेपाल उद्योग परिसंघद्वारा गठित कोभिड फन्डमा ५ लाख योगदान गरेको छ । नेपाल उद्योग परिसंघको कोभिड फन्डमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त रकम सहयोग गरेको हो ।  

फाउन्डेसनद्वारा सहयोग गरिएको सो रकमले अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर पीपीई खरिद तथा व्यवस्थापनको लागि एक महत्वपूर्ण योगदान हुने विश्वास लिएको फाउन्डेसनले जनाएको छ ।

पुष्पतारा केडिया सेवा फाउन्डेसन स्वास्थ्य, शिक्षा, खेलकुद एवं साँस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको एवं गैर नाफा मुलक सामाजिक संस्थाको रुपमा सक्रियताका साथ यस क्षेत्रमा कार्य गर्दै आइरहेको बताइन्छ ।

यसका साथसाथै फाउन्डेसनले नेपाल चेम्बर अफ कमर्शको कोभिड फन्डमा पनि २ लाखको योगदान गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप