शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तोडियो सलमान र कट्रिनाको फिल्म ‘टाइगर ३’ को सेट

शुक्रबार, २१ जेठ २०७८, १४ : ४६
शुक्रबार, २१ जेठ २०७८

फिल्म ‘टाइगर ३’को सुटिङ सेट तोडिएको छ । कोरोना र लकडाउनका कारण फिल्मको सुटिङ अनिश्चित भएपछि निर्माण युनिटले मुम्बईमा सुटिङका लागि बनाएको सेट तोडेका हुन् । सुटिङ सुरु हुनु अगाडि सेटलाई राखि राख्न महङ्गो पर्ने भएकोले निर्माण युनिटले बनाएको सेट तोडेको हो । फिल्म सुटिङको समय सेट फेरि बन्नेछ । यसो गर्दा धेरै नोक्सानी बेहोर्नु नपर्ने निर्माण युनिटको भनाई रहेको छ ।

लकडाउनका कारण मुम्बईमा ‘टाइगर ३’ का अलवा कयौं फिल्मको सुटिङ रोकिएको छ । फिल्म ‘टाइगर ३’ का लागि ३०० युनिट सदस्य काम गरिरहेका छन् । फिल्मको काम सुरु हुनु अगाडि सबैलाई कोरोना भ्याक्सिन लगाउने इच्छा निर्माण युनिटको छ । सूत्रका अनुसार फिल्मको सुटिङ युरोपमा समेत हुनेछ ।

सलमान खान र कट्रिना कैफले फिल्मको सुटिङ गत मार्चमा मुम्बईको एक स्टुडियोमा सुरु गरेका थिए । कट्रिना कोरोना संक्रमित भएपछि फिल्मको सुटिङ रोकिएको थियो । त्यसपछि फिल्मको सुटिङ अहिलेसम्म रोकिएको छ ।
सलमान र कट्रिनाको अलवा फिल्ममा इमरान हाशमीको पनि मुख्य भूमिका रहनेछ । इमरान फिल्ममा पाकिस्तानी आइएसआइ आतिशको भूमिकामा देखिनेछन् । मनिष शर्माको निर्देशन रहने फिल्मका निर्माता आदित्य चोपडा हुन् । फिल्मको बजेट ३५० करोड बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप