भियतनामले सिनोफार्मको खोपलाई अनुमति दियो

एजेन्सी । भियतनामको स्वास्थ्य मन्त्रालयले चीनको औषधि निर्माता सिनो फार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ को खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । भियतनामका उप स्वास्थ्य मन्त्री ट्रुओङ क्वोक कुओङले सिनो फार्मको खोपलाई बिहीबार स्वीकृति गरेका हुन् । भियतनामले यसअघि अस्ट्राजेनिका र स्पुतनिक भी खोपलाई अनुमति दिइसकेको छ ।
गत अप्रिल महिनाको अन्त्यदेखि भियतनाममा कोभिड–१९ को संक्रमण बढी देखिएको छ । शुक्रबारसम्म भियतनाममा गत अप्रिल २७ यता करिब पाँच हजार व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ । यो सहित भियतनाममा छ हजार ५७७ जना संक्रमित भएका छन् ।
सिनो फार्मको कोभिड–१९ विरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगका लागि गत मे महिनामा अनुमति दिएको थियो । यसैबीच, चीनमा बुधबारसम्म ७० करोड ४८ लाख डोज खोप लगाइएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभोर्सको विषय बाहिरिएपछि सुटुक्क अमेरिका उडिन् अरुणिमा
-
अर्घाखाँचीका किसानलाई मौरी वितरण
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा १४ अर्ब भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिको निष्कर्ष
-
छोरीको हुनेवाला श्रीमानसँग भागेकी महिला थानामा
-
काठमाडौँमा थाल ठटाउँदै अर्धनग्न प्रदर्शन (तस्बिरहरू)
-
भारी वर्षाका कारणले सडक र हवाई यातायातमा असर पर्न सक्ने