बार्सिलोनाको प्रशिक्षकमा रोनाल्डो कोम्यान नै रहने

बार्सिलोनाको प्रशिक्षकमा रोनाल्डो कोम्यान कायमै रहने भएका छन् । सन् २०२० मा क्लबमा आबद्ध हुँदा उनले दुई वर्षे सम्झौता गरेका थिए । तर २०२०/२१ को सिजन मिश्रित नतिजा आएका कारण उनी बर्खास्तीमा पर्नसक्ने पनि अनुमान लगाइएको थियो ।
यस सिजन कोपा डेल रे उपाधि जिते पनि ला–लिगामा बार्सिलोना तेस्रो स्थानमै सिमित भयो । त्यस्तै, च्याम्पियन्स लिगमा उसको यात्रा अन्तिम १६ मै टुंगियो । तर यस्तो नतिजाका बाबजुद कोम्यान २०२१÷२२ सम्म टोलीमा रहने पक्का भएको छ । बिहीबारको बैठकपछि बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले क्लबको आधिकारीक सञ्चारमाध्यममार्फत यस्तो घोषणा गरेका हुन् ।
‘केही समयको छलफलपछि हामीले कोम्यानको विद्यमान सम्झौतालाई निरन्तरता दिने निर्णय गरेका छौं । हामीबीच भएको कुराकानीबाट हामी निकै सन्तुष्ट छौं । यो खुला छलफल थियो र प्रशिक्षक कोम्यानको व्यवहार निकै उत्कृष्ट रह्यो’ अध्यक्षले लापोर्टाले भने ।
५८ वर्षीय कोम्यान बार्सिलोनाको इतिहासका उत्कृष्ट खेलाडीहरु मध्ये एक समेत हुन् । उनी आक्रामक डिफेन्डर हुन्, जसले रक्षापंक्तीबाट खेल्दै बार्सिलोनका लागि १ सय ९२ खेलमा ६७ गोल गरेका थिए । १९९२ मा बार्सिलोनालाई पहिलो युरोपेली कप (अहिलेको च्याम्पियन्स लिग सरह) जिताउने क्रममा फाइनलमा कोम्यानले नै फ्रिकिकमार्फत साम्पडोरियाविरुद्ध निर्णायक गोल गरेका थिए ।
प्रशिक्षकका रुपमा क्योम्यानले अज्याक्स, बेनफिका, पिएसभी इन्डहोभिन, भ्यालेन्सिया, एभर्टनलगायत टिमलाई प्रशिक्षण दिइसकेका छन् । बार्सिलोना आउनुअघि उनी २०१८ देखि २०२० सम्म नेदरल्यान्डस्को राष्ट्रिय टिमका प्रशिक्षक थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे