बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोनाको प्रशिक्षकमा रोनाल्डो कोम्यान नै रहने

शुक्रबार, २१ जेठ २०७८, १३ : २०
शुक्रबार, २१ जेठ २०७८

बार्सिलोनाको प्रशिक्षकमा रोनाल्डो कोम्यान कायमै रहने भएका छन् । सन् २०२० मा क्लबमा आबद्ध हुँदा उनले दुई वर्षे सम्झौता गरेका थिए । तर २०२०/२१ को सिजन मिश्रित नतिजा आएका कारण उनी बर्खास्तीमा पर्नसक्ने पनि अनुमान लगाइएको थियो । 

यस सिजन कोपा डेल रे उपाधि जिते पनि ला–लिगामा बार्सिलोना तेस्रो स्थानमै सिमित भयो । त्यस्तै, च्याम्पियन्स लिगमा उसको यात्रा अन्तिम १६ मै टुंगियो । तर यस्तो नतिजाका बाबजुद कोम्यान २०२१÷२२ सम्म टोलीमा रहने पक्का भएको छ । बिहीबारको बैठकपछि बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले क्लबको आधिकारीक सञ्चारमाध्यममार्फत यस्तो घोषणा गरेका हुन् । 

‘केही समयको छलफलपछि हामीले कोम्यानको विद्यमान सम्झौतालाई निरन्तरता दिने निर्णय गरेका छौं । हामीबीच भएको कुराकानीबाट हामी निकै सन्तुष्ट छौं । यो खुला छलफल थियो र प्रशिक्षक कोम्यानको व्यवहार निकै उत्कृष्ट रह्यो’ अध्यक्षले लापोर्टाले भने । 

५८ वर्षीय कोम्यान बार्सिलोनाको इतिहासका उत्कृष्ट खेलाडीहरु मध्ये एक समेत हुन् । उनी आक्रामक डिफेन्डर हुन्, जसले रक्षापंक्तीबाट खेल्दै बार्सिलोनका लागि १ सय ९२ खेलमा ६७ गोल गरेका थिए ।  १९९२ मा बार्सिलोनालाई पहिलो युरोपेली कप (अहिलेको च्याम्पियन्स लिग सरह) जिताउने क्रममा फाइनलमा कोम्यानले नै फ्रिकिकमार्फत साम्पडोरियाविरुद्ध निर्णायक गोल गरेका थिए । 

प्रशिक्षकका रुपमा क्योम्यानले अज्याक्स, बेनफिका, पिएसभी इन्डहोभिन, भ्यालेन्सिया, एभर्टनलगायत टिमलाई प्रशिक्षण दिइसकेका छन्  । बार्सिलोना आउनुअघि उनी २०१८ देखि २०२० सम्म नेदरल्यान्डस्को राष्ट्रिय टिमका प्रशिक्षक थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप