शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोभिडले पुरुषको यौन जीवनलाई प्रभावित पारिरहेछ, यस्तो देखियो साइडइफेक्ट

शुक्रबार, २१ जेठ २०७८, ११ : ५१
शुक्रबार, २१ जेठ २०७८

कोरोनाभाइरसको दोस्रो लहरमा देखिएका लक्षणले नयाँ नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । अब नयाँ अनुसन्धानमा पत्ता लागे अनुसार पुरुषको यौन जीवन पनि कोभिड–१९ का कारण प्रभावित भइरहेको छ । अनुसन्धानका अनुसार कोरोनाका कारण पुरुषमा इरेक्टाइल डिसफंक्सन अर्थात् नपुंसकता देखिएको छ । यसका कारण पोस्ट कोभिड स्ट्रेस, डिप्रेशनका साथै केही हदसम्म शरीरभित्र हुने परिवर्तन पनि समावेश छन् । एक भारतीय सञ्चार माध्यमले यसबारे केही विशेषज्ञसँग कुरा गरेको छ ।

इरेक्टाइल डिसफंक्सन के हो ?

मेन्स हेल्थमा छापिएको एक अनुसन्धानमा युनिभर्सिटी अफ क्यालिफोर्नियाको युरोलोजिस्ट डा. हार्वर्ड अबर्टका अनुसार यो बुझ्नका लागि सुरुमा इरेक्सनको प्रक्रिया बुझ्नुपर्ने हुन्छ । वास्तवमा पुरुषको लिङ्ग तीन सिलेन्डरले बनेको हुन्छ । माथिल्लो दुई सिलेन्डर स्पन्जजस्तो तन्किन सक्ने तन्तुले भरिएका हुन्छ । यस्तै मुनिको सिलेन्डरले मूत्र थैलीबाट पिसाब बाहिर निकाल्न मद्दत गर्छ ।

जब व्यक्ति उत्तेजित हुन्छन् तब त्यो स्नायू प्रतिक्रिया र त्यसका कारण सुरु हुने क्रियाकलापका कारण हुन्छ । यतिबेला रगत स्पन्जी तन्तुमा आउँछन् र त्यो फैलिने गर्छ । सिस्टम यस्तो छ कि रगत त्यहाँ आएर रोकिने गर्छ । त्यतिबेला व्यक्तिलाई इरेक्सन महसुस हुन्छ । यसका लागि नसाबाट पर्याप्त मात्रामा नाइट्रिक अक्साइड निस्कन आवश्यक छ । नसा यति खुकुलो हुनुपर्छ कि त्यहि गतीमा रगत निस्कन सकोस् । जब कुनै कारणले लिङ्गसम्म रगत पुग्न सक्दैन, तब त्यसमा इरेक्सन हुँदैन र यसैलाई इरेक्टाइल डिसफंक्सन भनिन्छ ।


इरेक्टाइल डिसफंक्सनका कारण के हुन सक्लान् ?

- विशेषज्ञका अनुसार इरेक्टाइल डिसफंक्सनका कारणमा तनाव, डिप्रेशन र प्रस्तुती सम्बन्धि तनाव पनि समावेश छन् । तर यदि रक्तसञ्चारमा कुनै समस्या आइरहेको छ भने यसको असर इरेक्सनमा हुन सक्छ । स्नायू प्रणालीमा कुनै गडबडी वा हर्मोन सेन्सिटिभिटी पनि यसको कारण हुनसक्छ ।

- साधारणतया इरेक्टाइल फंक्सनको सम्बन्ध सिधा सिधा रक्तसञ्चारसँग हुने गर्छ र यसका कारण इरेक्टाइल फंक्सनमा कुनै पनि गडबडी मुटुको रोगको संकेत पनि हुनसक्छ । कोभिड–१९ का कारण पूरा शरीरमा अक्सिजनको सप्लाइ बाधित हुन्छ र रक्तसञ्चारमा प्रत्यक्ष असर पर्छ । लिङ्गलाई रक्तसञ्चार गर्ने धमनी (आर्टरी) ब्लक वा संकुचित हुनसक्छ । यदि यस्तो भएको खण्डमा लिङ्गसम्म रगत पुग्न पाउँदैन तब इरेक्टाइल डिसफंक्सन हुनसक्छ ।

- नयाँ दिल्लीमा डायोज मेन्स हेल्थ सेन्टरका क्लिनिकल डायरेक्टर डा. विनित मल्होत्रा भन्छन्, ‘कोभिड–१९ को मानसिक र भावनात्मक स्वास्थ्यसहित व्यक्तिको समग्र स्वास्थ्यमा ठूलो प्रभाव पर्छ । सेक्सुअल फंक्सन र फर्टिलिटी पनि भाइरससँग प्रत्यक्ष र अप्रत्यक्ष तरिकाले जोडिने गर्छ । शारीरिक कसरतको कमी, अत्यधिक भोजन र अत्यधिक मद्यपानले पनि स्वास्थ्य खराब गरिरहेको छ ।’

पुरुषको पोस्ट–कोभिड यौनजीवनबारे भएको अनुसन्धानले के भन्छ ?

– मार्च २०२१ मा जर्नल एन्ड्रोलोजीमा ‘मास्क अप टू कीप इट अप’ शीर्षकमा प्रकाशित रिसर्च पेपरमा कोभिड–१९ र इरेक्टाइल डिसफंक्सनको सम्बन्धबारे बताइएको छ । इटलीका पुरुषमाथि गरिएको यो अनुसन्धानमा बताइए अनुसार कोभिड–१९ का कारण कार्डियोभास्कुलर सिस्टमलाई हानी पुग्छ जसले पुरुषमा इरेक्सनमाथि असर पारिरहेको छ ।

- वर्ल्ड जर्नल अफ मेन्स हेल्थमा प्रकाशित एक अनुसन्धानमा दाबी गरिए अनुसार संक्रमणको थुप्रै महिनापछि पनि लिङ्गमा संक्रमण भेटिएको छ । दाबी गरिए अनुसार कोभिड–१९ का कारण शरीरका थुप्रै तन्तुको काम गर्ने तरिकामाथि असर परेको छ जुन इरेक्टाइल डिसफंक्सनको कारण हुनसक्छ ।

- यी शोधको नतिजाले यो पुष्टि गर्छ कि दिल्लीको सेन्टर फर रिकन्स्ट्रक्टिभ युरोलोजी एन्ड एन्ड्रोलोजीका डा. गौतम बंगा भन्छन्, ‘कोभिड–१९ ले दुई तरिकाले पुरुषको स्वास्थ्यलाई प्रभावित पारिरहेको छ – पहिलो यौन स्वास्थ्य र दोस्रो मानसिक स्वास्थ्य । महामारीले मानिसहरुलाई सामाजिका साथ–साथ आर्थिक रुपले पनि तनावमा पारिरहेको छ । यसका कारण स्ट्रेट, डिप्रेशन र एंग्जाइटी भइरहेको छ । यसको असर पुरुषको समग्र स्वास्थ्य, इरेक्टाइल डिसफंक्सन र फर्टिलिटीमा पनि देखिएको छ ।’


के यो समस्या स्थायी हो वा निको हुन्छ ?

– कोभिड–१९ महामारी आएको साढे एक वर्ष पछि पनि अनुसन्धाता अहिले पनि भाइरसले लामो अवधिमा कसरी जटिलता पेश गर्न सक्छ भन्ने बारे बुझ्ने कोसिस गरिरहेका छन् । रगत जम्ने समस्याका साथै स्नायू प्रणालीमा समस्या, मुटु, फोक्सो, मृगौलामा हानी पुग्ने कुरा प्रमाणित भइसकेको छ । थुप्रै महिनापछि पनि यस्ता लक्षण देखिएका छन् ।

- विशेषज्ञका अनुसार कोभिड–१९ का कारण केही हानी स्थायी भइरहेका छन् जबकी केही अस्थायी । इरेक्टाइल डिसफंक्सन स्थायी हो, होइन भन्नेबारे थप अनुसन्धानको आवश्यकत छन् । कोभिड–१९ ले प्रजनन क्षमतामा पनि असर पुर्याइरहेको छ भनेर दाबीका साथ भन्न सकिँदैन । उमेर पनि एउटा कारण हुनसक्छ । बढ्दो उमेरका कारण इरेक्टाइल डिसफंक्सन र कोभिड–१९ को गम्भीरता दुबैको खतरा हुन्छ ।

- गुडगावको ज्योति हस्पिटलमा युरोलोजिस्ट र एन्ड्रोलोजिस्ट डा. रमन तंवर भन्छन्, ‘अहिले पनि थुप्रै कम्पनीमा वर्क फ्रम होम चलिरहेको छ, जसका कारण कर्मचारी लामो समयसम्म काम गरिरहेका छन् । यो तनाव, एंग्जाइटी, डिप्रेशनको कारण बनिरहेको छ र यसले कार्डियक अट्याक र प्रजननसम्बन्धित समस्या आइरहेको छ । समयसँगै यसमा सुधार देखिन सक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप