शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा जेठ ३१ गतेसम्म लागू निषेधाज्ञामा के–के गर्न पाइन्छ, के पाइँदैन ?

शुक्रबार, २१ जेठ २०७८, ०७ : ४६
शुक्रबार, २१ जेठ २०७८

काठमाडौं उपत्यकामा जेठ ३१ सम्म थप गरिएको निषेधाज्ञा आजबाट लागू भएको छ ।  बुधवार काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले  निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका थिए ।

वैशाख १६ बाट जारी  निषेधाज्ञालाई जेठ १४ बाट थप कडा पारिए पनि अब जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोलेका छन् । 

आजबाट किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोलेका छन् । यस्तै सार्वजनिक निर्माणलाई खुल्ला  गरिएको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए ।

निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न पाइने छ । यस्तै वर्कसप पनि खुला गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप